ट्रेंडिंग:

>> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा
मापदण्ड विपरितका पसल

गुल्मीमा मासु र दुध एउटै पसलमा !

१ चैत्र २०७९, बुधबार
१ चैत्र २०७९, बुधबार

गुल्मी,  फागुन- गुल्मीमा अधिकांस मासु पसलहरु मापदण्ड विपरित संचालन भएका छन । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीको संयोजकत्वमा दुइ दर्जन भन्दा बढी मासु पसलहरुको स्थलगत अनुगमनको क्रममा मासु पसलहरु आवश्यक मापदण्ड अनुसार नभएको भेटीएका हुन । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिनसम्म गरिएको मासु पसलहरुको छड्के निरिक्षण अनुगमनको क्रममा उक्त तथ्य फेला परेको हो ।
अनुगमनको क्रममा अधिकांस मासु पसलहरु स्थानीय तह र सरकारी निकायहरुमा आधिकारीक दर्ता र नियमित नबिकरण नभएको भेटिएको छ । त्यसैगरि स्थलगत निरिक्षणको क्रममा मासु, तरकारी, दुध तथा फलफुलहरु एकै ठाउँमा राखेर बिक्रि बितरण गर्ने गरेको, मासु बिक्रि गर्ने स्थानमा सफा नगरिएको, जाली तथा सिसा नलगाई मासुलाई खुल्ला रुपमा राख्ने गरेको भेटिएको थियो ।
२३ वटा सुचकांकहरुलाई आधार मानि गरिएको निरिक्षणको क्रममा मापदण्ड विपरित संचालनमा आएका त्यस्ता प्रकृतिका मासु पसलहरुलाई सुधार गर्नको लागि तत्कालै निर्देशन दिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख एवं अनुगमन समिति संयोजक डाक्टर भरत काफ्ले बताए । मासु पसल सुधारको लागि आवश्यक मापदण्ड कायम गर्नका लागि मासु पसलहरुको निरिक्षण अनुगमनको क्रममा संलग्न प्रतिवेदनका सुझाबहरुलाई कार्यान्वयन गर्न सम्बन्धित निकायमा आग्रह गर्ने कार्यालय प्रमुख काफ्ल्ले बताएका छन ।
अनुगमन टोलीले मासु व्यवसायीहरुलाई मासु पसल संचालन गर्दा आवश्यक पर्ने न्यूनतम मापदण्डको बारेमा तत्कालै अभिमुखिकरण गराई अनिवार्य रुपमा निर्देशन पालना गर्न सुझाब दिएको छ । स्थलगत अनुगमनको क्रममा टोलीले आम उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड नगर्न मासु व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।
भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीको संयोजकत्वमा गरिएको अनुगमन टोलीमा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु, करदाता सेवा कार्यालय, नगरपालिका, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, मासु व्यवसायी समिति लगायतको प्रतिनिधित्व रहेको थियो । जिल्लाको रेसुङ्गा नगरपालिकामा मात्र एक सय भन्दा बढी मासु व्यवसायीहरु रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?