ट्रेंडिंग:

>> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान
शिक्षाका कुरा

विद्यार्थी रोक्ने रेसुंगा सरकारको काइदाः विद्यार्थीलाई मासिक चार हजार छात्रवृत्ति

२७ फाल्गुन २०७९, शनिबार
२७ फाल्गुन २०७९, शनिबार

गुल्मी,  फागुन- गुल्मीको रेसुंगा नगरपालिकाले एसइईमा ३ दशमलव २ भन्दा माथि जिपिए ल्याएर नगरपालिका भित्रका विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरेको छ । पछिल्लो समयमा विद्यार्थीहरु अध्ययनका लागि बाहिर जानेक्रम बढ्दै जान थालेपछि नगरपालिकाले त्यसलाई रोक्नका लागि उनीहरुलाई प्रोत्साहन गर्न मासिक चार हजारका दरले छात्रवृति रकम उपलब्ध गराउन थालेको छ ।

रेसुंगा नगरपालिकाले एसइईमा ३ दशमलव २ भन्दा माथि जिपिए ल्याएका ९६ जना बिद्यार्थीहरुलाई शुक्रबार सम्मान गरेको हो । नगरपालिकाले जेहेन्दार छात्रवृति कार्यक्रम अन्र्तगत विनियोजन गरेको रकमवाट उक्त विद्यार्थीहरुलाई सम्मान गर्दै चेकको माध्यमबाट रकम हस्तान्तरण गरेको हो ।
रेसुंगा नगरपालिकाको यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरपालिका भित्रका विद्यालयहरुबाट उत्कृष्ट अंक ल्याउने जेहेन्दार विद्यार्थीहरुलाई नगरमै पढ्ने बातावरण सृजना गर्न नयाँ शैक्षीक अभियान शुरु गरेको रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । उनले यसवाट विद्यार्थी र तिनका अभिभावकदेखि विद्यालयको शैक्षीक गुणस्तर वृद्धि गर्न यो कार्यक्रममले महत्वपूर्ण अर्थ राख्ने बताए ।

नगरपालिकाले ३ दशमलव २ भन्दा माथि जिपिए ल्याई नगरभित्रकै विद्यालयमा अध्यनरत रेसुंगा मावि ३६, सिद्धबाबा माविका ३५ र महेन्द्र माविका २५ जना छात्र–छात्राहरुलाई जनही मासिक चार हजारका दरले वार्षिक ४८ हजार रुपैंयाँको चेक उपलब्ध गराएको छ । रेसुंगा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले नगरले चौमासिक रुपमा १६ हजारका दरले विद्यार्थीहरुको वैंक खातामा रकम उपलब्ध गराउँदै आएको भन्दै कक्षा १२ मा पनि सोही अनुसार जिपिए ल्याउने विद्यार्थीहरुलाई सहयोग गर्ने नगरको नीति रहेको जानकारी दिए ।

नगर भित्र रहेका माध्यमिक विद्यालयहरु मध्य सबैभन्दा बढी जिपिए ल्याउने रेसुंगा माविमा अध्ययनरत छात्रा गृष्मा पाण्डे र सोही विद्यालयका छात्र प्रशान्त पन्थीलाई पनि कार्यक्रममा नगर प्रमुख र उपप्रमुखद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा नगर उपप्रमुख अमृतादेवी कुँवर,वडाध्यक्ष सहितका सम्पूर्ण जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक एवं अभिभावकहरु लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?