© २०२३
लमही , फागुन ।
देउखुरीको राप्ती नदीमा विभिन्नपालिकाहरुले ठेक्का नलगाउँदा चोरी बढेको छ । लामो सयमपछि भएको ठेक्का नभएका कारण नदीजन्य पर्दाथको चोरी निकासी बढेको हो ।
प्रत्येक वर्ष यो यो क्रम जारी छ । यद्यपी ठेक्का सम्झौता भए पनि ठेक्का क्षेत्र भन्दा पनि आफूलाइ लाभ हुन्छ हुने उदेश्यले ठेकेदारहरुले गर्दै गएको मनोमानिले नदीका वर्षौ देखि चल्दै आएका सिचाइ नहरका मुहान जोखिममा पर्नथालेका छन ।
नदीमा जथाभाबी हेवी मेसिनहरुको प्रयोगवाट उत्खन्न गर्दा सिचार्इं प्रभावित हुने आशंका वढ्न थालेको छ ।तिव्र उत्खनन्ले राप्ती गाँउपालि हजारौ हजार जमिन सिचाइ गर्दै आएको प्रगन्ना तथा वड्कापथ सिचाइ आयोजना नहरको मुहान समेत प्रभावित हुदै आएको छ । नहरको मुल प्रभावित बन्न थालेपछि स्थानीयवासीहरु तथा कुलो समिति चिन्तीत बनेका छन् ।
सिचाईं आयोजनाको ख्याल नै नगरी नियमबिपरित जथाभावी उत्खन्नले प्रगन्ना कुलो सिचाइको मुहान जोखिममा परेको बड्कापथ कुलो सिचाइैं प्रणाली जल उपभोक्ता संस्था मुलसमन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरीले बताए । उनले भने–‘नदीजन्य पर्दाथ उत्खनन सम्वन्धी प्रदेश स्तरिय कार्यबिधी अनुसार ८० सेन्टिमिटर गहिराइ सम्म पाउने प्रावधान छ ।’ तर २ मिटर सम्मबाट नदी जन्य पर्दाथ निकालिएको छ, त्यो पनि हेवी मेसिन प्रयोगमा जसले गर्दा नदीले दक्षिण तर्फ धार बदल्न सक्ने जोखिम वढेको छ ।’
एकातिर नदीको सतहघट्दै गएको छ भने अर्कोतिर मापदण्ड विपरित प्रत्येकवर्ष हुने नदीजन्य पर्दाथको उत्खननलले प्रगन्ना कुलोको मुहानहरु जोखिमा परेको प्रगन्न कुलो सिचाइ इन्टेक १ का अध्यक्ष टंकनाथ चौधरीले बताउँछन् ।
प्रगन्ना बड्कापथ सिचाइ आयोजना अन्तगत राप्तीको पानी बाट नदीको उत्तरी भेगमा करिव साडे दश हजार हेक्टर समिन सिचाइ हुदै आएको छ भने दक्षिण भेगमा त्यतिकै क्षमता भएको नहर निर्माणाधीन अवस्थामा रहेको छ ।
बेला लमही नगरपालिका–८ गिधनिया घाट र राजपुर गाउँपालिका–३ खरदरिया घाटमा तस्कर भने रातभर नदी दोहनमा व्यस्त हुने गरेको स्थानिय वासीहरु बताउँछन ।
केहीदिन यता राप्ती नदीमा नदीजन्य पदार्थको दोहन अत्याधिक भैरहेको पाइएको छ । त्यसै लमहीनगरपालिकाको ८ नम्बर वडा गिधनीया घाट र राजपुर गाउँपालिका ३ नम्बर वडा भित्रको सिमानामा पर्ने राप्ती नदीको क्षेत्रको स्थानबाट पटक– पटक बालुवा, गिट्टी, मिस्कट र ढुङा लगायतका नदीजन्य पदार्थ अबैधरुपमा चोरि–तस्किरी गरेको पाएपछि शुक्रबार रातिसुराकीको आधारमा उक्त ट्याक्टर पक्राउ गरिएको हो । राजपुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामप्रसाद अहिर र स्थानीयवासी लालबहादुर यादव, संचारकर्मीको टोली, स्थानीयबासी लगायतको अगुवाइमा स्थलगत अनुगमन गर्ने क्रममा राती करिब ११ः३० बजेको समयमा केही औजार सहित ट्र्क्याक्टर जफत गरेको बताए । अनुगमनका क्रममा नदीजन्य पदार्थ चोरी गर्दै गर्दाको अवैध ट्र्याक्टरलाई नियन्त्रणमा लिएको अध्यक्ष अहिरले बताए ।