© २०२३
बुटवल फागुन । हालै अर्घाखाँचीबाट सरुवा भई बडा प्रहरी कार्यालय बुटबलमा आएका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले जनताको शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबार कार्यालयमा पत्रकारहरुसँग परिचात्मक कार्यक्रममा बोल्दै प्रमुख पौडेलले जनताको शान्ति सुरक्षाको प्रत्याभूति र गलत कार्यको रोकथाम गर्नु प्रहरीको मुख्यकाम भएको भन्दै सबै मिलेर शान्ती सुरक्षा कायम गर्ने जनाएका हुन । गलत कामहरु रोक्न लागि सुचना लिने दिने कुरामा सबै पक्षको सहयोग जरुरी रहेको उनको भनाई छ ।
वडा प्रहरी कार्यालय माताहातका प्रहरी कर्मचारीहरुलाई चुस्त दुरुत राख्ने जनताको सेवालाई छिटो छरितो बनाउने कुरामा आफु सधैं लागिपर्ने बताए । सञ्चारकर्मीहरुले रात्रीकालिन बजार व्यवस्थापन, झैंझगडा व्यवस्थापन, लगायतका विषयमा प्रहरी प्रशासन सधै चनाखो बन्नुपर्ने सुझाव दिएका थिए । खुल्ला सिमानाका कारण नेपाल भित्रने अवैध लागुऔषध तस्करीका सामान आसपासमा हुने अनैतिक क्रियाकलाप नियन्त्रणमा विशेष निगरानी गर्नुपर्ने सुझाव सञ्चारकर्मीहरुको थियो ।