ट्रेंडिंग:

>> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय

ओमसतियाले शिक्षकहरुको काज सरुवा गर्ने

२६ फाल्गुन २०७९, शुक्रबार
२६ फाल्गुन २०७९, शुक्रबार

भैरहवा फागुन ।-  रुपन्देहीको ओमसतिया गाउँपालिकाले सामुदायिक बिद्यालयहरुमा खस्किदो शैक्षिक गुणस्तर सुधार्न प्रधान अध्यापकहरु संगै अन्य शिक्षकको काज सरुवा गर्ने जनाएको छ । राम्रो नतिजा दिन नसक्ने एवम राजनितिमा बढी लागेका प्रधान अध्यापकहरुलाई आगामी शैक्षिक सत्रमा पालिकाकै अन्य बिद्यालयहरुमा काज सरुवा गर्ने गाउँपालिकाले जनाएको छ ।
ओमसतिया गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) कडा रुपमा प्रस्तुत भए । उनले प्रधान अध्यापकहरु बिद्यालयमा शैक्षिक क्रियाकलापमा भन्दा अन्य काममा बढी ध्यान दिएको आरोप लगाए । “संस्थागत बिद्यालयहरु भन्दा सामुदायिक बिद्यालयहरुमा तुलनात्मक बढी सुविधा हुन्छ ।” यादवले भने “तर नतिजा सामुदायिक भन्दा संस्थाको राम्रो आउछ, यसमा तपाईहरुको लापारवाही छैन ?”गाउँपालिकाले दिने सेवा सुविधा पालिकाले उपलब्ध गराउने र शिक्षकले पनि आफ्नो तर्फबाट सर्वोत्कृष्ट दिन उनले आग्रह गरे ।

ओमसतिया गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारमा पालिकाका जनप्रतिनिधि देखि कर्मचारी सम्मले ऐक्यवद्धता जनाएका छन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले शिक्षकहरुलाई राजनिति र शिक्षण पेशामा कुनै एक रोज्न सुझाव दिएकी छन । उनले पनि शैक्षिक गुणस्तरको सुधारको लागि शिक्षकको सरुवा अनिवार्य रहेकोले यस सम्बन्धि पालिकाले आफ्नै कानून बनाइ अघि बढने बताईन । गुणस्तरिय शिक्षाको लागि शिक्षक संगै बिद्यालय ब्यस्थापन समिति एवम अभिभावकले पनि उत्तिकै चासो दिन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले आग्रह गरे । ओमसतिया गाउँपालिकामा १६ वटा सामुदायिक, १४ वटा संस्थागत एवम ५ वटा धार्मिक बिद्यालय रहेको बताउदै उहाले यी सबैको शैक्षिक गुणस्तरको लागि पालिका कठोर निर्णय गर्न बाध्य भएको उनले जनाए ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष एवम पालिकाका प्रवक्ता मदन प्रसाद पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवल, शिक्षकको तर्फबाट राजकुमार गुरुङ्ग, महेश चौधरी, ईनल यादव लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?