ट्रेंडिंग:

>> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

जनकल्याण र चन्द्रसूर्यको एकीकृत कारोबार सुरु

२६ फाल्गुन २०७९, शुक्रबार
२६ फाल्गुन २०७९, शुक्रबार

बुटवल-  जनकल्याण बचत तथा ऋण सहकारी संस्था र चन्द्र सूर्य सहकारी संस्था बीचको एकीकरणसँगै विहिबार बुटवलमा भएको भेलाले सेवा केन्द्र स्थापना तथा सञ्चालक समिति गठन गरेको छ । चन्द्र सूर्यलाई सेवा केन्द्रका रुपमा विस्तार गरिएको हो ।
यसैगरी एकिकरणपछि जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका लागि सुरज भट्टराईको अध्यक्षमा सञ्चालक समिति गठन गरिएको हो । यसअघि बनेको तदर्थ समितिलाई मान्यता दिँदै बनेको नयाँ सञ्चालक समितिलाई संस्थापक अध्यक्ष तथा सहकारी अभियान्ता जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सपथ तथा गोपनीयताको सपथ गराएका छन् ।

सहकारीको उपाध्यक्षमा डिल्लीराज अर्याल, सचिव यादव प्रसाद भण्डारी, कोषाध्यक्ष गंगाप्रसाद ढकाल, सह–सचिव लक्ष्मी प्रधान र सह–कोषाध्यक्ष मणीप्रसाद अधिकारी रहेका छन् । सदस्यहरुमा इन्द्रप्रसाद भट्टराई, रोजी गौचन, शारदा ज्ञवाली र यमलाल पन्थ रहेका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा खेमानन्द अर्याल तथा सदस्यहरुमा माधव गौतम र पवित्रा पन्थी(आचार्य) रहेका छन् ।
सहकारी एकीकरण भएपछि आयोजना गरिएको प्रारम्भिक भेला तथा चन्द्र सूर्य सेवा केन्द्र शुभारम्भको अवसरमा बोल्दै लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालयका प्रमुख भिमप्रसाद तिवारीले सहकारी मर्यादा र सीमा रहेर कारोबार गर्न सुझाब दिए । सदस्यहरुलाई सहकारीको माध्यमबाट उत्पादनमा जोड्न आग्रह गर्दै उनले प्रदेशभित्र रहेका सहकारीहरुलाई नियमन गरी त्यसतर्फ प्रेरित गरिने उल्लेख गरे । यसैगरी सहकारीका संस्थापक अध्यक्ष तथा अभियान्ता भिम तुलाचनले केही सहकारीहरुले आफ्नो मर्यादा र सीमा बाहिर गएर कारोबार गर्दा आर्थिक संकटमा बसेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष सुरज भट्टराईले वर्तमान समयमा सहकारी क्षेत्रको वातावरण निकै खराब हुँदै गएको भएपनि सहकारी नीति अनुसार चलेका र स्थानीयको नियन्त्रणमा रही सञ्चालनमा रहेका सहकारीहरुमा त्यस्तो समस्या नभएको प्रष्ट पारे । जिल्ला बाहिर मुख्य कार्यालय स्थापना गरी स्थानीय स्तरको पूँजी पलायन गर्ने र त्यस अनुसारको व्यवस्थापन गर्न नसक्ने सहकारीहरुमा जोखिम बढी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?