ट्रेंडिंग:

>> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै

‘नेतृत्मा महिला सहभागिता बढाऔँ’

२५ फाल्गुन २०७९, बिहीबार
२५ फाल्गुन २०७९, बिहीबार

भैरहवा,  फागुन ।- नेतृत्मापुग्नमहिला सहभागिता बढाउनुपर्ने र महिला स्वयम् आफै अग्रसर पनिहुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ११३ औंअन्तर्राष्ट्रिय महिलादिवसकाअवसरमाबुधबारसिद्धार्थनगर नगरपालिकाद्वारा भैरहवामाआयोजितकार्यक्रममाबोल्ने सरोकारवाला र महिलाअगुवाहरुले संविधानले दिएको अधिकारको पूर्ण प्रयोग गर्दै नेतृत्वतहमामहिलालाई पुर्याउन घरपरिवारदेखि सबै तह र तप्काकानिकायलाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममाबोल्दै नगर प्रमुखइश्तियाकअहमदखानले सबै मिलेर महिलाको हकअधिकारलाई सुनिश्चित गर्नुपर्ने धारणा राखे । ‘संविधानप्रदतअधिकार महिलालाई दिन सक्नुपर्छ । महिलाहरुले पनिआफ्नो अधिकार प्राप्तिमा दरिलो तरिकाले लाग्नुपर्छ । सबै ठाउँमा नेतृत्वलिन अग्रसर हुनुपर्छ’, उनले भने, ‘त्यसकालागि राज्यका सबै निकायतहहरुले सहयोगीभूमिका खेल्नुपर्छ ।’
उनले आजमहिलादिवस मनाउनथालेको १ सय १३ वर्षसम्म पनिमहिलाले अधिकार माग्नु पर्ने अवस्था राम्रो नभएको जनाए । ‘यत्तिकावर्ष महिलाअधिकारका कुरा मात्रै हुनु ठीक होइन्, महिलाले अधिकार नमागिकनउनीहरुलाई सबै ठाउँमा अधिकार सुनिश्चितगरिनुपर्ने हो’, उनले भने, ‘आजसम्महामीकहाँचुक्यौं अब समीक्ष गरेर हरेक नेपालीमहिलादिदीबहिनीलाई प्रत्येक ठाउँमा समानअधिकार दिनुपर्छ ।’
उनले अझै पनि समाजमा छोरीप्रति हेर्ने दृष्टिकोष परिवर्तन नभएको बताए । ‘छोरी जन्मानु शौभाग्यहो । छोरीले समाज र परिवारलाई जोड्छ । महिलामहानहुन्, महिलाको भूमिका पुरुषले निभाउन सक्दैन’, उनले भने, ‘त्यसैले महिलालाई अधिकार र सम्मान जरुरी हुन्छ । संसारकै महानव्यक्तिभनेका नै महिलाहुन् । महानव्यक्तिलाई महिलाले नै जन्माएकाहुन् ।’ उनले बुहारीलाई छोरी सरह सम्मान गर्नुपर्नेमा जोड दिए । लैङ्गकि समानताकायमगर्दै एकअर्कालाई सम्मान गर्नुपर्ने बताउँदै खानले नगरपालिकाले महिलाको सम्मानमा सधै साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नगर उपप्रमुख उमा अधिकारीले हरेक क्षेत्रमा ३३ प्रतिशतमहिला सहभागिता कुरा गरिँदै आएपनित्यसले सार्थकतापाउननसकेको बताइन् । ‘अन्तका के कुरा सिद्धार्थनगरमापनिमहिलालाई अझै स्वतन्त्रता छैन, समान सहभागिता छैन’, उनले भनिन्, ‘जहाँजाँदा र जे कामगर्दा पनि परिवारलाई सोधेर जानुपर्ने अवस्था छ । अब महिलाहरु नेतृत्वलिने र नेतृत्वतहमापुग्नकालागिप्रयास गरौं ।’
उनले समग्र महिलाहरु नेतृत्वतहमाजबसम्मपुग्दैनन्, तबसम्मउनीहरुकामाग सम्मोधननहुने बताइन् । ‘नेतृत्वतहमा पुग्नुपर्छ । सहभागितामात्रनभई नेतृत्वले परिवर्तन हुन्छ’, उनले भनिन् । अधिकारीले ३० वर्षसम्म विहे नगरे समाजले अनेक कुरा काट्ने नगरेको जनाउँदै महिलाप्रतिको सोचमा परिवर्तनमा जरुरी रहेको जनाइन् । उनले अधिकारको लडाई नलडी नपाइने बताउँदै नेतृत्वमा कोही अग्रसर हुन्छ भने पुरुषलाई सोध्ने चलन हटाउनु पर्नेमा जोड दिइन् ।
‘हककालागिजबसम्ममहिललाई पठाइँदैन तबसम्म परिवर्तन हुँदैन । परिवर्तनकालागि सोचमा परिवर्तन आवश्यक । त्यसपछि व्यहारमा, त्यसपछि अधिकारको लागि लडौँ’, उनले भनिन्, ‘राज्यले सेवासुविधादिएपनित्यसको खोज गरी उपभोग नगर्नु कमजोरी हो ।’ उनले महिलाअधिकारका लागि सिद्धार्थनगरको टिममा एकताभएको जनाइन् । तर, पनिमहिलाहरु अग्रसर नहुँदा नेतृत्वतहमापुग्ननसकेको उनको भनाईछ। ‘नगरपालिकाले के गर्दिनुपर्यो, त्यो भन्नुपर्यो’, उनले भनिन्, ‘त्यसकालागिहामीतयार छौं । आफ्नो अधिकारका लागिआउनुस् । शिक्षाको आवश्यकतापनिछ । पद्धति परिवर्तनको पनिआवश्यकता ।’
अधिवक्ताएवं नगरपालिकाकोमेलमिलापकर्ता रीताखनालले मेलमिलापको सिद्धान्त भनेको दुबै पक्षको जितजित नै भएको बताइन् । ‘दुबै पक्षलाई जितको अनुभूत गराउनुपर्छ’, उनले भनिन्, ‘यहीसिद्धान्तअनुसार हामीले कामगरिरहेका छौं ।’ उनले नगरभित्रका सबै नागरिकलाई न्यायिक समितिबाट निःशुल्क मेलमिलाप हुन्छ भन्ने थाहानभएको जनाउँदै यसबारे धेरैलाई जानकारी दिन जरुरी रहेको बताइन् । उनले महिलाहरु आफ्नो हकअधिकारका बारेमाबोल्नुसक्नुपर्ने बताइन् । ‘धेरै महिलायोग्यहुँदाहुँदै पनिबोल्न सक्नुभएको छैन, बोल्न जरुरी छ’, उनले भनिन्, ‘बोलौं समस्या समाधान हुन्छ र गर्नुपर्छ । हिंसालुकाएर बस्नु हुँदैन । महिलाले आफूबारे सकारात्मक सोंच राख्नुपर्छ । सबल र सक्षम छु भन्नुपर्छ ।’
सिद्धार्थनगर नगरपालिकाका लेखाअधिकृत ओमेश कुमार गैरेले महिलालाई सामाजिकलाभ र मुलुकको शासनप्रशासनमा सहभागीहुन प्रेरित गर्नुपर्नेमा जोड दिए । सिद्धार्थ उद्योग बाणिज्य संघकी नवनिर्वाचितकार्यसमिति सदस्यएवं महिलाउद्यमी विष्णुमाया शर्मा पौडेलले नारी एकदिनमात्रै नभई हरेक दिनखास भएको बताइन । ‘दिवसमामात्रै हकअधिकारका कुरा गरिन्छ, तर नारीले सबै हकअधिकार पाउनुपर्छ, हरेक दिन नारी खास हुनभन्ने विर्सिनु हुँदैन’, उनले भनिन् । उनले अहिले हरेक क्षेत्रमा नारी अघि बढिरहे पनि हिंसा भने नरोकिएको बताइन् । यसलाई रोक्नुतर्फ सबै लाग्नुपर्नेमाउनको जोड छ ।
बेलहियामाध्यमिकविद्यालयकीप्राचार्य विना भण्डारीले परिवारबाटै ब्याकफोर्स गरेर धेरै महिला अघि बढेको जनाइन् । ‘नारी दिवस मनाइरहँदा नारीको सफलता अघि पुरुषको पनि त्यतिकै हात रहेको कुरा बिर्सिन हुँदैन’, उनले भनिन्, ‘सबै नारीहरु योग्य छन्, कुनै न कुनै ठाउँमा । शक्तिअरुले भरिदिएर हुँदैन, महिलाआफैमाशक्ति छ । यसलाई अझै बलियो बनाउनुपर्छ ।’ सक्षममहिला समूहकीशान्ता कंडेलले महिलालाई हरेक क्षेत्रमा समानव्यवहार हुनुपर्ने बताइन् । उनले समानकामकालागि समानज्यालपाउनुपर्नेमा जोड दिइन् ।
दिवसको अवसरमा यसअघि भैरहवाको बुद्धचोकबाट र्यालीसहितप्रभातफेरि निकालिएको थियो । र्यालीमाजनप्रतिनिधि, नगरपालिकाकाकर्मचारी, संघसंस्थाकाप्रमुखतथाप्रतिनिधि, महिला सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । र्याली बुद्धचोकबाट नारायणस्थान, प्रहरीटोल, मिलनचोक हुँदै भैरहवानमूनामाविमापुगेको थियो । यस वर्ष ‘लैङ्गकि समानताको बलियो आधारः सिर्जनात्मकप्रविधिमामहिलापहुँचको विस्तार’ भन्ने नारासहित नाराीदिवस मनाइएको छ ।
सातमहिलाश्रमिक–उद्यमी सम्मानित
सोहीअवसरमानगरपालिकाको कार्यालयले स्थानीय सात जनामहिलाश्रमिक र उद्यमीलाई सम्मान गरेको छ ।
नगरपालिकाले प्रोत्साहन स्वरुपआत्मनिर्भर बनेका सिद्धार्थनगर ९ की ब्युटिपार्लर प्रशिक्षकतथाउद्यमीमहिलाशिलाकुमारी शर्मा, पूर्वेली खुकुरी उद्योग संचालनगर्दै आएकी वडा नम्बर २ की सलुजा सेन्चुरी, बेकरी उद्योग संचालक वडा नम्बर ८ की विष्णुमाया शर्मा पौडेललाई सम्मान गरेको छ । यस्तै, अचार उद्योग संचालनगर्दै आएकी वडा नम्बर ३ कीमहिलाउद्यमीकमलादलामी, पानव्यवसायी वडा नम्बर ३ की मेनुकालोहार, ठेलामाव्यापार गरेर आत्मनिर्भर बनिरहेकी वडा नम्बर १ कीतारादेवी जैसवाल र महिलाश्रमिकएवं ई–रिक्साचालक वडा नम्बर १२ निवासीविमला रोकालाई नगरपालिकाले सम्मान गरेको हो ।
उनीहरुलाई प्रमाण पत्रले सम्मान गरेर र व्यवसायमाहौसलाप्रदानगरिएको उपप्रमुखअधिकारीले बताइन् । सम्मानतिमहिलाहरुलाई नगर प्रमुखइश्तियाकअहमदखान, उपप्रमुखअधिकारी, निमित्तप्रमुखप्रशासकीयअधिकृत चेतनशीललम्साल, लेखाअधिकृत ओमेश कुमार गैरे लगायतले सम्मानपत्रप्रदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?