ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

‘महिलामाथि हुने विभेदको अन्त्य हुनुपर्छ’

२५ फाल्गुन २०७९, बिहीबार
२५ फाल्गुन २०७९, बिहीबार

भैरहवा  फागुन– रुपन्देहीको रोहिणी गाउँपालिकाले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । दिवसको अवसर पारेर रोहिणी–३ स्थित धकधईमा सचेतनामूलक ¥याली निकालिएको छ । धकधई चोकबाट निस्किएको ¥याली विभिन्न स्थानको परिक्रमा गरी श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय जाने गेट अगाडी पुगेर कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले अशिक्षाका कारण महिलामाथि विभेद हुने गरेको बताए । उनले दाइजो प्रथाका कारण पनि महिला पीडित भएको बताए । उनले भने,‘ नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी बन्नुभयो । त्यसै गरी महिलाहरु नेतृत्व तहमा पुग्नुपर्छ ।’ अध्यक्ष यादवले आफूले पाउनुपर्ने अधिकार नपाए खोसेर लिनुपर्ने बताए । उनले भने, ‘आफ्नो अधिकारको लागि लड्नुपर्छ । ’
महिलामाथि हुने विभेद अन्त्य नभएसम्म समाजको विकास हुन नसक्ने उनको भनाइ छ । परिवारमा छोराछोरीबीच विभेद गर्न नहुने उनले बताए । महिलालाई अगाडी बढाउन रोहिणी गाउँपालिकाले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । संविधानमा भएका अधिकार कार्यान्यवन हुनुपर्नेमा उनले जोड दिए ।
गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले महिला हिंसा अन्त्य गर्न हिंसाविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने बताइन् । उनले महिलामाथि हुने विभेदको अन्त्य हुनुपर्ने बताइन् । उपाध्यक्ष हरिजनले भनिन्, ‘भेदभाव गर्नुहुँदैन । शिक्षामा समानता आवश्यक छ । ‘ उनले शिक्षामा लगानी गर्नुपर्ने र महिला शिक्षित भए समाजको विकासमा टेवा पुग्ने बताइन् ।
कार्यक्रममा शुभ अवसर ग्राम नेपालका परियोजना संयोजक सत्यनारायण यादव, समाजसेवी हरिद्वार हरिजन, रामकेवल प्रसाद विन्द, सरस्वती विश्वकर्मा, पदमा थापा लगायतले बोल्दै महिलाको अधिकार नारामा मात्र सीमित गर्न नहुने बताए । उनीहरुले महिला र पुरुष साइकलका दुई पांग्रा भएकाले दुवैलाई समान अधिकार दिनुपर्नेमा जोड दिए ।
किशोरी अधिकार मञ्च रुपन्देहीकी पूजा गुप्ताको स्वागत तथा रोहिणी गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख जमुना शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
रोहिणी गाउँपालिकाको आयोजना तथा ओरेक, नेपाल र किशोरी अधिकार मञ्च रुपन्देहीको सहयोगमा भएको कार्यक्रममा शुभ अवसर ग्राम नेपाल, किसान सामुदायिक सिकाई केन्द्र, जन जागृति सामुदायिक सिकाई केन्द्रको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission