Butwal Today
मुख्य खबर

रामपुरमा पनि मनाईयो ११३ औं महिला दिवस

२४ फाल्गुन २०७९, बुधबार
अ+
अ-

रामपुर (पाल्पा),  फागुन- पाल्पाको रामपुरमा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको मनाइएको छ । रामपुर नगरपालिकाको आयोजनामा बुधवार महिला उद्यमी, पत्रकार महिला, कलाकार, स्वास्थ्यस्वयम्सेविका, विभिन्न उत्कृष्ट महिला संस्थालाई सम्मान सहित महिला दिवस उत्साहजनक रुपमा मनाइयो ।
नगर प्रमुख उपप्रमुख तथा न्यायिक समिति संयोजक बालकुमारी थापाको अध्यक्षतामा नगरपालिकाको प्राङ्गणमा कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन रामपुर साना शहरी खानेपानी आयोजनाका कोषाध्यक्ष, सामाजिक अभियान्ता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य विष्णुमाया ढकाल गरेका हुन ।उले रामपुर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन बिगतका वर्षदेखि नै विभिन्न सीपमुलक तालिम आयोजना गरेर उद्यमी उत्पादन गरेको बताउदै आर्थिक क्षेत्रमा महिला बलियो भयो भनेमात्रै हिंसाजन्य घटना घट्दै जाने बताए ।
नगर प्रमुख रमणबहादुर थापाले राज्यले महिलाका लागि धेरै अधिकार दिएको हुदा सो अधिकारलाई अवलम्बन गरेर विभिन्न सिपमुलक कार्यमा लाग्नुपर्ने बताउनुभएको छ । नगर सरकारले विभिन्न सिपमुलक तालिम लिन ईच्छा राखेमा सोको व्यवस्थापन गर्ने नगर ्रमुख थापाले प्रतिबद्धता जनाएका छन् । सीपमुलक तालिम पश्चात् व्यावसाय गरेर आर्थिक क्षेत्रमा महिला अब्बल बन्नुपर्नेमा नगर प्रमुख थापाले जोड दिए ।
प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले केही उद्यम गर्छु भन्नेका लागि अहिले विभिन्न निकायबाट सीपमुलक कार्यक्रम आयोजना हुदा महिला सशक्तिकरण हुदै गएको बताए । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले महिला परनिर्भरता हटाउन आयमुलक क्षेत्रमा जोड दिनुपर्ने र त्यसको लागि सीप विकास तालिम स्थानीय सरकारले सहयोग गर्ने बताए ।
महिला दिवसको अवसरमा कृषि तथा पशुपंक्षीपालन, महिला पत्रकार, स्वास्थ्य स्वंयसेविका, उद्यमी, उत्कृष्ट महिला संस्था गरी ५० जनालाई सम्मान गरिएको रामपुर नगरपालिकाका महिला तथा बालकालिका शाखा प्रमुख पुजा परियारले जानकारी दिईन ।
रामपुर नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाँण, ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटा, अखिल नेपाल महिला संघ नगर अध्यक्ष दुर्गादेवी राना, अखिल क्रान्तिकारी महिला संघ नगर अध्यक्ष गिता विक, कालिगण्डकी फाउन्डेसन नेपालका उपाध्यक्ष पवित्रा पौडेल ढकाल, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे, दियालो सामाजिक महिला उद्यमि कृषि सहकारी संस्थाका अध्यक्ष ईश्वरीदेवी खनाल र महिला निर्माण व्यवसायी सुमन खाम्चा, ईस्लामपुर आमा समुहका समिना खातुन लगायतले बोल्दै कार्यक्रम सफलताको कामना दिएका थिए ।