© २०२३
भैरहवा, २३ फागुन ।
उद्योगी–व्यवसायीले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आर्थिक संकट छिट्टै टरोस् भन्दै कामना गरेका छन् ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र आस्था उद्यमी महिला संघले मंगलबार भैरहवामा आयोजना गरेको होली मिलन तथा शुभकामना कार्यक्रममा उद्योगी व्यवसायीहरुले अहिलेको परिस्थितिका कारण आफूहरु समस्यामा रहेको बताए ।
सिद्धार्थनगर–९ स्थित उद्योग व्यापार संगठनको भवन परिसरमा आयोजित कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले होली पर्वले मुलुकको आर्थिक संकट समाधान होस् भन्ने कामना गरे । उनले होली पर्वलाई असत्यमाथि सत्यको जीतको उत्सवको रुपमा हर्षोल्लासका साथ मनाइने भएकाले यो पर्वको ठूलो महत्व रहेको बताए ।
संगठनका निवर्तमान अध्यक्ष तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले आर्थिक संकटका कारण उद्योगी व्यवसायी सबैभन्दा मारमा परेको बताए । उनले भने, ‘होली पर्वको अवसरमा मुलुकको आर्थिक संकट छिट्टै टरोस् भन्ने कामना गर्दछु ।’ उनले चर्को बैंक ब्याजदरले उद्योगी व्यवसायी पीडित भएको बताए ।
संगठनका सल्लाहकार विश्वराज बराल (अनुप) ले तीक्ततालाई हटाउँदै मिलेर अघि बढ्नुपर्ने बताए । लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले सम्पूर्ण चाडपर्वको आफ्नै महत्व रहेको बताइन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी