ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
स्थानीय सरकार

चोरखोलामा भोट छ ,विजुली छैन

२१ फाल्गुन २०७९, आइतबार
२१ फाल्गुन २०७९, आइतबार

चन्द्रौटा(कपिलवस्तु),  फागुन । – कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोला बासी अन्धकारमय जीवन जीउन बाध्य भएका छन् । सम्बन्धित निकाय नै बेवास्ता गरेपछि उनीहरु बाध्य भएका हुन् ।
जिल्लाको मुख्य बजार चन्द्रौटादेखि करिब १५ किलोमिटर लुम्बिनी प्रदेशको राजधानी जोडने भालुबाङ पुर्व–पश्चिम महेन्द्र राजमार्गको छेउमै रहेको चोरखोला बस्तीमा विद्युत नहुँदा स्थानीय समस्या झेल्दै आएका छन् ।
विधुतसँगै शुद्धखानेपानी र मोबाइल नेटवर्कको समेत व्यवस्था नहुँदा आम नागरिक दुषित पानी पिउन बध्य भएको स्थानीय एम.वि. सुनार बताउँछन् । उनले भने ः “बिजुली बत्ती लगायतका व्यवस्थापन स्थानिय सरकारले गर्नुपर्ने हो तर यस विषयमा बेखबर रहेको छ ।“
अन्धकारमा बस्ने र दुषित पानी खाने समस्यासँगै औषधी उपचारको समेत अभाव रहेको केशब सुनारले बताए । मोबाइलको नेटवर्क नटिप्दा चोरखोला बासीमा स्थानीय सरकारप्रति झनै निरासा थपिएको उनले जनाए । औषधी उपचारकोलागि टाढा जार्नुपर्ने बताउँदै मोबाइलको टावरको लागि रुखमा चढ्नुपर्ने बध्यता रहेको पिडा सुनाए ।
चोरखोलाबासी विद्युतको लागि पटक पटक सम्बन्धित निकायमा धाउँदा समेत सुनवाइ नभएको स्थानीयको आरोप छ । पटक–पटक विद्युत प्राविधकरण कार्यालय कृष्णनगरलाई जानकारी गराउँदा पनि चोरखोला बासीको पीडा बेवास्ता गरिएको एम.वि.ले भने । शुक्रबार उनी सहितको एक टोलीले यथाशीघ्र उक्त स्थानमा विधुत जडानको लागि माग गरेको छ । एक साताभित्र विधुत प्रशारणको काम सुरु नभए दबाबमूलक कार्यक्रम गर्ने चेतावनी समेत दिइएको उनले बताए । बर्षाैँदेखि झार तार्ने काम मात्रै भएको बताउँदै केही महिना पहिले पोल झारिएको भएपनि बाँकी कामले गति नलिएको उनको आरोप छ । विधुत प्रशारण जडानको कार्यका लागि गौरी कन्ट्रेक्सनलाई २ महिना अगाडि ठेक्का समेत परेको सूचना भए त पनि काम अघि नबढ्दा स्थानीय चिन्तित बनेको अगुवा एम. वि. सुनारको भनाइ छ ।

यता शिवराज नगरपालिका प्रमुख अजय थापाले जति सक्दो छिटो विधुत्, खानेपानी र मोबाइल नेटवर्कको समस्याको समाधान गर्ने बताए । थोरै बस्ती लगानी बढी लाग्ने हुनाले जटिलता हुँदै आएको उनले दावी गरे ।विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरका अनुसार जडान प्रक्रिया अब छिट्टै अघि बढेको बताए । थोरै बस्ती धेरै लगानी लाग्ने भएकाले त्यहाँ विधुत जडान गर्न असहज भएको समेत जनाइएको छ । ठेक्काको जिम्मा पाएको गौरी कन्ट्रेक्सन प्रालिका अनुसार विधुत प्राधिकरणमा जडान सामग्री आएमा कार्य तत्कालै सुरु गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?