ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना
मुल खबर

सुबिधा कानुन बमोजिमः विकास कोष

२० फाल्गुन २०७९, शनिबार
२० फाल्गुन २०७९, शनिबार

लुम्बिनी (बुटवलटुडे)  फागुन– लुम्बिनी विकास कोषमा कोषाध्यक्षले लिने सेवा सुुविधा कानुुन विपरित नभएको जनाएको छ । लुम्बिनी विकास कोष पदाधिकारी सम्बन्धी विनियमावली २०५८ ले सेवा सुविधा लिन पाउने प्रष्ट व्यवस्था गरेको जनाइएको हो ।
नियमावलीको परिच्छेद ४ को विनियम (९), (१०),(११),(१२)र (१३), मा कोषाध्यक्षको तलब, भत्ता र अन्य सुविधा लिन पाउने प्रावधान छ । बिनियमावलीको विनियम (९) मा कोषाध्यक्ष पूूरा वा आंशिक समय काम गर्ने वैतनिक पदाधिकारी हुने तर, निजले चाहेमा मात्र अवैतनिक (सुविधा नलिने) गरि काम गर्न सक्ने उल्लेख गरेको छ । कोषाध्यक्ष वैतनिक हुन पाउने अधिकार विनियमावलीमा रहेकाले विगतदेखि नै सहायक मन्त्री स्तरको सेवा सुुविधा दिने गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । कोषाध्यक्षको सुविधाका सम्बन्धमा लुम्बिनी विकास कोष कार्यकारिणी समितिको २०७३ फागुन १० गतेको बैठकले सहायकमन्त्री सरह सुुविधा दिने र २०७४ साल माघ २३ गते कोषाध्यक्षको सुविधा रोक्ने निर्णय कार्यान्वयन नगराउनुु भनी अन्तरीम आदेश जारी भएकाले पनि वर्तमान कोषाध्यक्षलाई सुविधा दिइएको सदस्यसचिव शाक्यको भनाई छ । ‘कोषले बिनियम, मन्त्रिपरिषलको निर्णय र सर्वोच्च अदालतको नजिरलाई समेत हेरेर कोषाध्यक्षलाई सुविधा दिएको हो’ उनले भने ।
लुम्बिनी विकास कोषमा कोषाध्यक्षको सेवा सुुविधाका बिषयमा बेला बेलामा प्रश्न उठ्ने गरेको छ । तर, वर्तमान कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण) ले लुम्बिनी विकास कोष २०४२ अनुसार मन्त्रिपरिषदको निर्णयबाट कोषाध्यक्षमा नियुुक्त भएदेखि ऐन र बिनियमावलीले तोके बमोजिम सेवामा खटिएको बताउँछन। बिनियमावलीको परिच्छेद ४ को १३ मा कोषाध्यक्षको काम कर्तव्य र अधिकारमा कोषाध्यक्षले कोषको हिसाब दैनिक तथा नियमित रेखदेख गर्ने, कोषको आयोजना तथा कार्यक्रम कार्यान्वयनका निम्ति आर्थिक श्रोत जुुटाउने, कोषको वार्षिक आयव्यवको अनुमान एंव हिसाबको सम्पूूर्ण विवरण तयार गर्ने, कोषको लेखा प्रचलित कानुन बमोजिम राख्न लगाउने, लेखा परीक्षण गराउने उल्लेख छ । ‘नियमावलीले तोके अनुसार नै पूरा समय कोषकै काममा खटिएको छुु, मैले सुविधा चाहियो भनेर मागेको पनि छैन’ कोषाध्यक्ष भट्टराईले भने–‘ऐन, विनियमावलीले पनि वाधा नपुु¥याएको र विगतदेखि नै सुविधा दिने गरेकाले मैलै पनि लिएको हो।’ उनले पदाधिकारीलाई कामका हिसाबले कार्यकारी अधिकार दिएकाले लुम्बिनीको विकासमा केहि नयाँ काम गर्ने अठोटका साथ कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?