ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली
मुल खबर

गुल्मी अस्पतालमा खानेपानीको अभाव

२० फाल्गुन २०७९, शनिबार
२० फाल्गुन २०७९, शनिबार

गुल्मी (बुटवलटुडे), १९ फागुन– अस्पतालमा खानेपानीको अभाव भएको छ । सदरमुकाम तम्घासस्थित जिल्लाकै ठूलो अस्पतालमा खानेपानीको अभाव भएपछि अस्पतालमा थप समस्या उत्पन्न भएको हो । रेसुङ्गा नगरपालिका ८ अन्तर्गत रहेको दोबिन्दा खोलाको मुलबाट ल्याउने गरेको मुहानमा सुख्खायाममा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल बिकास समितिका अध्यक्ष भरत पाण्डेले बताए ।
अस्पतालमा पानीको अभाव हुँदा बिरामी र कर्मचारीहरूदेखि ल्याव सञ्चालनमा प्रयोग हुने उपकरणहरूमा पनि समस्या उत्पन्न भएको पाण्डेले पाण्डेले बताएका छन । अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले आफू अस्पताल बिकास समितिको अध्यक्ष भैसकेपछि दीर्घकालिन रूपमा खानेपानीको समस्यालाई समाधान गर्न पहल गरेपनि एक्लो प्रयासले मात्र समस्याको समाधान नभएको उनको गुनासो थियोे ।

अस्पताल जस्तो संबेदनशील क्षेत्रमा पानीको समस्यावाट सेवा प्रवाहमा कुनै समस्या नपरोस भनेर नगरपालिकाले पानीको समस्या समाधानका गर्न स्रोत व्यवस्थापनका लागि पहल गरिरहेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । उनले तत्कालै उक्त समस्या समाधान गर्न सोही वडाका वडाध्यक्षलाई निर्देशन दिएको र आफु पनि खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि लागिपरेको जानकारी दिए । ‘अस्पताल भनेको अति संवेदनशील क्षेत्र हो, पानीको अभावमा समस्या उत्पन्न हुन दिंदैनौ त्यसका लागि नगरपालिकाले जुनसुकै माध्यमवाट पनि समस्या समाधानमा लाग्छ’ नगर प्रमुख पन्थीले भने ।
कतिपय खानेपानी उपभोक्ता समितिको स्थायी लेखा नम्वर नहुँदा भुक्तानी प्रक्रियामा समस्या हुने भएका कारण पानीको मिटर जडान गर्न थप समस्या भएको अध्यक्ष पाण्डेले बताए । जिल्ला सदरमुकाममा रहेका उपभोक्ता समितिहरूसँग आफूले समस्याको समाधानका लागि पहल गरेपनि बृहत खानेपानी उपभोक्ता समिति बाहेक अन्य समितिहरू सकारात्मक नभएको पाण्डेले गुनासो गरेका छन ।

खानेपानी उपभोक्ता समितिहरूले भने अस्पताललाई खानेपानी उपलब्ध गराउने कुरामा समितिमा कुनै विमती नरहेको भन्दै संस्थाले तोकेको न्यूनतम शुल्क बुझाएर प्रक्रियामा गएमा तत्कालै पानीको मिटर जडान गर्नमा कुनै समस्या नभएको बताएका छन । गुल्मी अस्पतालमा दैनिक तीन सयदेखि चार सय जना बिरामीहरूले सेवालिँदै आईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?