© २०२३
लमही , फागुन- लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विहीबार अर्धवार्षिक प्रगति समिक्षा गरेको छ । पत्रकारसंग अन्तरक्र्रिया गर्दै मन्त्राललयले प्रदेशका योजना कार्यान्वयनको समस्या बारे जानकारी गराइएको हो । प्रदेशका योजना कार्यान्वयनमा जनशक्तिको अभाव, रकम अभाव, योजनामा स्थानीय सरकारको समन्वय नुहँदा समस्या भएको भौतिक पूर्वाधार विकाश मन्त्री इन्द्रजित थारुले जानकारी गराए ।
मन्त्री थारुले मन्त्रालयकै लागि भवनको अभाव हुँदा नयाँ संरचना, नयाँ स्थानबाट कामकारवाही गर्दा योजना कार्यान्वयनमा समस्या रहेको बताए । नयाँ सरकार निर्माण भएपछि ५० प्रतिशत भौतिक प्रगतीगरेको दावी गर्दै जनशक्तिको पदपूर्ति भएमा योजना कार्यान्वयनमा सहज हुने बताए । उनले भने , ‘सरकार गठन भएको छोटो समयमा धेरै प्रगती भएको छ, तैपनि जती हुनुपर्ने हो त्यति काम गर्न सकिएको छैन । त्यसको मुख्यकारण जनशक्ती अभाव नै हो । ’
यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले चालु आर्थिक बर्षमा पूँजिगत खर्च २३ प्रतिशत मात्र खर्च गरेको बताए । सचिव श्रेष्ठले जनशक्ति अभावकै कारण योजना कार्यान्वयनमा समस्या भएको बताउँछन् । उनले भने–‘मन्त्रालयमा सम्बन्धित कार्यालयमा जम्मा ४ सय ८४ जनाको जनशक्तिको दरवन्दी छ तर, तीश प्रतिशतको हाराहरीमा दरवन्दी रिक्त छ, यसबाट पनि अपेक्षीत काम हुन सकेको छैन ।’
मन्त्रालयले सिमित श्रोत साधनका वाफजुत पनि २५ प्रतिसतको हाराहरामा पूजिँगत खर्च गर्न सफल उनको भनाइ छ । मन्त्रालयले प्रदेश सरकारको अनुभुति दिनेगरी काम गरेको भएपनि सबै योजना स्थानीय सरकारकै रुपमा जनताले बुझेकाले प्रदेश सरकारलाई उपेक्षा गरेको हुनसक्ने मन्त्रालको ठहर छ । मन्त्रालयका सचिव श्रेष्ठले भने , ‘हामी प्रदेशबाट पनि धेरै काम गरेका छौ, तर प्रचारप्रसार स्थानीय सरकारकै मात्र हुने गरेको पो होकी भन्ने लागेको छ ।’ समिक्षा कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत चालु आर्थिक बर्षमा सम्पन्न गर्नुपर्ने समानीकरणतर्फ सडक तथा पुल एकहजार आठसय ८५,सशर्त योजना दुइसय दश समपुरक तर्फ आठ गरी जम्मा दुइहजार एकसय तीनवटा योजना रहेका छन । यस्तै उर्जा तथा जलश्रोत तर्फ समानीकरण तर्फ एकहजार ४२ योजना सशर्त योजना तीनसय ५७ समपुरकतर्फको योजना गरी एकहजार तीनसय ९९ वटा रहेका छन् ।