© २०२३
भैरहवा, १९ फागुन ।
सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई मृत्यु दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराएका गुल्मी दरबार गाउँपालिका–६, गुल्मी (हाल सिद्धार्थनगर–९, रुपन्देही) का स्वर्गीय नरेन्द्र टण्डनको परिवारलाई घरमै पुगेर रु. १४ लाख बीमा दाबी भुक्तानी गरेको हो । बिहीबार एक कार्यक्रमका बीच कम्पनीका जनरल हेड किरण गौतम, भैरहवा शाखा प्रबन्धक वीर सिंह महराले स्व. नरेन्द्रको श्रीमती सीताखत्री टण्डनलाई चेक हस्तान्तरण गरेका हुन् ।
‘नरेन्द्र टण्डनको नाममा जारी भएको २ वर्ष ६ महिना अवधिको वैदेशिक रोजगार (म्यादी) जीवन अन्तर्गत बीमित भएकोमा २०७९ मंसिर १८ गते उहाँको निधन भएको हुँदा रु. १४ लाखको चेक हस्तान्तरण गरिएको हो,’ कम्पनीका भैरहवा शाखा प्रबन्धक वीर सिंह महराले भने । कम्पनीका अनुसार स्व. नरेन्द्रले २०७९ असोज ६ गते १० लाखको बीमा गराएका थिए ।
कार्यक्रममा बोल्दै शाखा प्रबन्धक महराले बीमाले विषम परिस्थितिमा सहयोग गर्ने बताए । उनले बीमितका परिवारलाई केही भएपनि राहत पुग्ने बताए । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका नरेन्द्रको निधन भएको थियो । कार्यक्रममा अभिकर्ता कमल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।