ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

मदिराजन्य विज्ञापनमा सर्वोच्चले लगायो रोक

१७ फाल्गुन २०७९, बुधबार
१७ फाल्गुन २०७९, बुधबार

काठमाडौँ, १७ फागुन ।

सर्वोच्च अदालतले मदिराजन्य पदार्थको विज्ञापन तत्काल बन्द गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनस्वास्थ्य ऐनको व्यवस्थाअनुसार विज्ञापन रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । अदालतले प्रेस काउन्सिल र विज्ञापन बोर्डलाई आदेश कार्यान्वयन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्न पनि भनेको छ ।

सञ्चार माध्यमसँगै राजमार्गका आसपास रहेका विज्ञापन बोर्ड पनि हटाउन आदेशमा भनिएको छ । आदेश कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा संयन्त्र बनाउन र काउन्सिल तथा बोर्डले प्रतिवेदन पेस गर्न भनिएको हो । उक्त प्रतिवेदनलाई पनि पूरक निवेदनसरह मानेर इजलासमा पेस गर्न आदेशमा उल्लेख गरिएको छ ।

सर्वोच्चको आदेशमा भनिएको छ, मादक पदार्थको विज्ञापन सामग्री उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नहुनेसम्बन्धी कानुनी व्यवस्थाको जिम्मेवारीपूर्ण ढङ्गले कार्यान्वयन गर्नू गराउनू, कुनै पनि सञ्चार माध्यममा यस्तो सामग्रीको प्रचार प्रसार नगर्नू नगराउनू गर्न नदिनू ।”

सर्वोच्चको आदेशपछि प्रेस काउन्सिल नेपालले भने विज्ञापन बोर्डलाई पत्राचार गरेको छ । विज्ञापन अनुगमनको जिम्मेवारी बोर्डसमक्ष रहेको भन्दै काउन्सिलले पत्राचार गरेको हो । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले आदेश कार्यान्वयनका लागि काउन्सिलका तर्फबाट प्रक्रिया सुरु भइसकेको पनि बताए । उनले भने, “अदालतको आदेश नहुँदा पनि हामीले आचारसंहिताअनुसार यस्ता विज्ञापनबारे ध्यानाकर्षण गराउँदै आएका थियौँ । केही दिनअघि पनि सार्वजनिक रूपमा ध्यानाकर्षण गराएका थियौँ । सर्वोच्चको आदेशपछि सबैभन्दा मुख्य सरोकार राख्ने विज्ञापन बोर्डलाई पनि यसबारे ध्यानाकर्षणसहित पत्राचार गरेका छौँ । काउन्सिलका तर्फबाट हुनुपर्ने अनुगमन नियमन जारी नै रहन्छ । आदेशानुसारका काम अघि बढाउँछौँ ।”

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले आदेशअनुसारको अनुगमन कार्य हुने बताए । हालसम्म औपचारिक रूपमा अदालतको आदेशबारे जानकारी प्राप्त नभइसकेको उनको भनाइ छ । “सम्पूर्ण तथ्य प्रमाणसहितको आदेशको जानकारी त हामीलाई पनि आएको छैन तर यस विषयमा हामी गम्भीर छौँ । यसलाई बोर्डले गम्भीरतापूर्वक लिन्छ र आदेश कार्यान्वयनमा जान्छ । हाम्रो आकलनमा करिब डेढ अर्बको विज्ञापन बजार मदिराको छ । अदालतको आदेशानुसार आमसञ्चार माध्यम, डिजिटल मिडिया तथा सोसल मिडियामा पनि अनुगमन गर्छौं,” हुमागाईंले भने ।

अहिले नेपाली विज्ञापन बजारमा मदिराको डेढ अर्ब हिस्सा रहेको बोर्डको अनुमान छ । जसमध्ये आमसञ्चार माध्यम, डिजिटल माध्यम र अन्य सोसल मिडियामा विज्ञापन भइरहेको हुमागाईंले बताए । सोसल मिडियासहितका सबै विज्ञापनको आदेशानुसार अनुगमन गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?