© २०२३
सुनवल, १६ फागुन ।
एनएमबि बैंक लिमिटेड सुनवल शाखा नवलपरासीले बित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ ।
नवलपरासी जिल्ला सुनवल नगरपालिकामा अवस्थित महाकवि देवकोटा मोडल माध्यमिक विद्यालयका शिक्षक÷शिक्षिका एवं कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुहरुलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।
एनएमबि बैंक लिमिटेड सुनवलका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले वित्तीय साक्षरता सम्बन्धी सहजीकरण गरेका थिए । उनले बैंकको महत्व र दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, पछिल्लो समयमा आइरहेका बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, भर्खरै शुरु गरिएको लुम्बिनी बचत खाताबारे जानकारी, शेयरकारोबार सम्बन्धी ज्ञान, एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण गरेका थिए ।
कार्यक्रममा महाकवि देवकोटा स्कुलका सहप्राचार्य रुक्माङ्गद वस्यालले युवा विद्यार्थी एवं शिक्षक÷ प्राध्यापकहरुलाई वित्तीय साक्षरता जस्तो महत्वपूर्ण कार्यक्रम गरेकोमा एनएमबि बैंकलाई धन्यवाद दिदै कार्यक्रमबाट समय सापेक्ष र ब्यावहारिक वित्त सम्बन्धी ज्ञान आफुहरुले सिकेको बताएका थिए ।
एनएमबि बैंकले २०१७, २०१८, २०१९, २०२१ मा गरी ४ पटक बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक एशिया महादेश भित्र रहेका बैंकहरुबाट २०२१ मा बैंक अफ द इयर एसियाको उपाधि चुम्न सफल भएको थियो ।
सो कार्यक्रममा बैंकका कर्मचारी दिनेश वस्याल, कृष्ण पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी