© २०२३
बुटवल, फागुन ।- जिल्ला प्रहरी कार्यालय चितवनले लागू औषध खैरो हेरोईन जस्तो पद्धार्थ देखिने बस्तु सहित एक जनालाई पक्राउ गरेको छ । साउन १५ गते चितवन खैरहनी न.पा. वडा नं. २ स्थितमा बागमती प्रदेश ०६–००१ प ५६०५ नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्दा चितवन खैरहनी न.पा. वडा नं. ३ बस्ने बर्ष ३० को बिक्रम गुरुङ र राप्ती न.पा. वडा नं. ८ बस्ने बर्ष २४ को गगन सिंजाली मगरलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथमा चेकजाँच गर्दा लागु औषध खैरोहेरोईन जस्तो देखिने पदार्थ १५ ग्राम र मोटरसाईकल समेत नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।