ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सैनामैना महोत्सवको तयारी तीब्र

१६ फाल्गुन २०७९, मंगलवार
१६ फाल्गुन २०७९, मंगलवार

बुटवल, १६ फागुन ।

पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औधोगिक व्यापार महोत्सव २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । देश निर्माणमा ब्यापारको आवश्यकता, ब्यावसायिक हितसंगै सामाजिक एकता नारासहित फागुन १७ देखि २८ गतेसम्म आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार पत्रकार सम्मेलन गरी महोत्सव मूल समिति संयोजक सुरेन्द्र पौडेलले बताए । नगरभित्र रहेका कृषि उत्पादन, ऐतिहासिक धार्मिक महत्वका पर्यटकीय स्थलको चिनाउने लक्ष्य रहेको उनले बताए । महोत्सवमा कृषि र पर्यटनलाई जोड दिएर २०÷२० वटा स्टलको ब्यवस्थापन गरिएको उनले बताए । गौतमबुद्घ क्रिकेट रंगशाला, धार्मिक बोलबम धाम, सैनामैना संग्रहालय, रानिकुवा, राजारानी सिमसार क्षेत्र, थारु होमस्टे लगायतको प्रवर्द्धनका कार्यक्रमहरु गरिने उनले बताए ।

सैनामैना व्यापार संघको आयोजना, सैनामैना उद्योग वाणिज्य संघ सैनामैना सहआयोजक, नेपाल चेम्बर अफ कर्मशको संरक्षकत्व, पर्यटन, ग्रामिण तथा सहकारी विकास मन्त्रालय लुम्बिनी प्रदेश, रुपन्देही व्यापार संघ रुपन्देही, सैनामैना नगरपालिका प्रवद्घर्क संस्था रहेका छन । मनोरन्जनात्मक कार्यक्रम अन्तरगत दैनिक राष्ट्रिय, स्थानिय कलाकारको प्रस्तुति, लोकगित, नृत्य, नगरस्तरिय नृत्य प्रतियोगिता, ममि डान्स प्रतियोगिता हुने प्रचारप्रसार संयोजक गोबिन्द खनालले बताए ।

कृषि खाद्यान्न, लत्ताकपडा, अटोका १ सय ५० स्टलहरु राखिने महोत्सवको टिकट मूल्य ७० रुपैया, विद्यार्थीहरुलाई ५० रुपैया तथा अपाङ र अशक्त तथा ७० वर्षभन्दा माथि उमेरका लागि निःशुल्क प्रवेशको ब्यवस्था गरिएको उनले बताए ।

कार्यक्रममा सल्लाहकार सदस्य दुर्गा गौतमले नगरको पहिचान दिलाउने गरी पर्वको रुपमा मनाईदै आएको बताए । बिचार गोष्ठी, छलफल गरी स्थानीय कृषि, पर्यटन प्रवद्र्घनका विषयमा कार्यक्रम हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?