ट्रेंडिंग:

>> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा
मुख्य खबर

पहिरो रोक्न बुटवलनगरले थाल्यो काम

१६ फाल्गुन २०७९, मंगलवार
१६ फाल्गुन २०७९, मंगलवार

बुटवल फागुन – 
बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु भएको छ । गतवर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पू¥याएको बुटवल वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा वडा नम्बर ४ को लक्ष्मीनगरको प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम शुरु भएको हो ।
पहिरो प्रभावित क्षेत्रको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं. ३ का अध्यक्ष विष्णु ढकाल, स्थानीयबासिन्दासहितको टोलीले अवलोकन गरी निर्माणलाई तीब्रता दिने र थप सुरक्षाका उपायका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने भएको हो ।
प्रभावित क्षेत्रको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पहिरोबाट बस्ती जोगाउनका लागि सबै प्रयास गरिने बताए । आगामी वर्षायाममा स्थानीयलाई जोखिम हुन नदिनका लागि पहिरो नियन्त्रण गर्ने, पहिरोसहित आएको लेदो बग्ने नाली बनाउने, सुरक्षाका लागि पर्खाल लगाउनेजस्ता काम शुरु भएको बताए ।
पहिरोले बस्तीमा झारेको लेदो हटाउने र चुरेबाट सिर्सिने र भल बनेर बग्ने पानीको वहावलाई बस्ती भन्दा बाहिरै फर्काउन विभिन्न ठाउँमा चेक ड्याम र खोल्सी बनाउने काम शुरु भएको बताएका हुन ।
अहिले ज्योतिनगर र मिलन पथ क्षेत्रमा पहिरोले थुपारेको डुंगामाटो हटाउने र नाली बनाएर सम्भावित बाढी तर्काउने काम जारी रहेको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्याले बताईन । पहिरो नियन्त्रणका लागि चालु अािर्थक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदानअन्तरगत ४ करोड ५० लाख र विपद प्राधिकरणमार्फत् ४५ लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरण गर्ने गरी काम भइरहेको शहरी पूर्वाधार महाशाखाका अधिकृत गोविन्द पंगेनीले बताए ।
यसवर्ष भएको कामले विगतमा जस्तो बाढीको जोखिम नहुने ज्योतिनगर मिलनपथ पहिरो नियन्त्रण समितिका अध्यक्ष दीपक थापा पुलामीले बताए । गतवर्षको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घर आंशिक क्षति भएको थियो । १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?