ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
फ्रन्टपेज

रुपन्देही प्रहरीः अण्डा छोप्दा हल्लाखल्ला,मजदुर मर्दा ‘गुपचुप’

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ मा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमा ४ मजदुरको रहस्यमय तरिकाले मृत्यु भएको घटना भने प्रहरीले जानकारी नै गराएन । एकै उद्योगमा ४ जना मजदुरको मृत्यु भएको घटनालाई प्रहरीले गुपचुप राखेपछि प्रहरी माथि आशंका गरिएको छ ।
१६ फाल्गुन २०७९, मंगलवार
१६ फाल्गुन २०७९, मंगलवार

बुटवल- भारतबाट नेपाल आएका कुखुराको अण्डा र चल्ला छोप्दा हल्ला गर्ने रुपन्देही प्रहरी उद्योगमा मजदुरको ज्यान जादा भने चुप लागेको भेटिएको छ । गत माघ १६ गते रुपन्देहीको मैनहियामा रहेको अर्घाखाँची सिमेन्टमा आगोले जलिघाईते भइ ज्यान गुमाएको मजदुर मर्दा प्रहरी चुप लागेको भेटिएको हो ।

प्रहरीले यसलाई नियोजित नभइ जानकारी दिन छुट हुन गएको भनेको छ । रुपन्देही प्रहरीले जिल्लामा घटेका घटनालाई संचारकर्मीको इमेलमा जानकारी पठाउने गरेको छ ।
रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ मा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमा ४ मजदुरको रहस्यमय तरिकाले मृत्यु भएको घटना भने प्रहरीले जानकारी नै गराएन । एकै समयमा ४ जना मजदुरको मृत्यु भएको घटनालाई प्रहरीले गुपचुप राखेपछि प्रहरी माथि आशंका गरिएको छ ।

उद्योगको कोईला भट्टीमा आगो लागेर ६ जना मजदुर घाईते भएको र तत्काल उपचारको लागि भैरहवामा रहेको युर्निभर्सल मेडिकल कलेज लगिएको थियो । त्यसमध्ये ४ जनाको मृत्यु भएको र २ जना उपचार पछी घर फकीइसकेको रुपन्देही प्रहरीले सोमबार पुष्टि गरेको छ ।
प्रहरीका अनुसार ४ जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुने ४ मजदुरमा ३ जना भारतका र एक जना नेपाली मजदुर हुन । आगोमा जलेर रुपन्देही मायादेवी गाउँपापलिका कलौनी घर भएका बर्ष ४० को अड्डकत कुमार हरीजन, भारत बिहारस्थायी घर भएका बर्ष ३५ को शशीकान्त कुश्वाहा, भारत बिहारकै श्रीराम सिह, भारत कानपुर घर भएका बर्ष ४० को जितेन्द्र उतमको मृत्यु भएको हो । भारत बिहार घर भएका रनजकिशोर यादब र भारतकै महाराजगञ्ज घर भएका सिवलाल हरीजन घाईते भएकोमा उपचार पछी घर फकीएको प्रहरीले जनाएको छ ।

बेलाबखत आगो लागिरहने सिमेन्ट उद्योगको कोईला प्लान्टमा १५ गते समेत आगो लागेको थियो । आगो नियन्त्रणका लागि दमकलको सहयोग लिइएको जानाइएको छ । अघिल्लो दिन दमकलको सहयोगले आगो नियन्त्रणमा लिए पनि अर्को दिन भित्र भित्रै सल्कीएको आगो एक्कासी विष्फोट भएर ति मजदुर घाईते भएको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले घटनाबारे घटना भएको मिति र मृत्यु भएको मिति फरक फरक भएको कारण घटना बाहिर नआएको दावि गरे । हामीले घटना लुकाउन खोजेको होइन अर्यालले बुटवल टुडेसँग भने, यसलाई छुटेछ भनेर बुझिदिनुस् ।

उद्योगमा मजदुरको सामान्य सुुक्षा समेत ख्याल नगरी लापरवाहीपुर्वक ढंगले उद्योग सञ्चालन गरिरहँदा कुनै पनि निकायले उद्योग सञ्चालक र सम्बन्धीत अधिकारलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको खबर बाहिर आएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?