ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

अपाङ्गता अधिकारका लागि सजग छौः नगरप्रमुख पाण्डेय

१५ फाल्गुन २०७९, सोमबार
१५ फाल्गुन २०७९, सोमबार

बुटवल, फागुन । बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अपाङ्गता भएकाव्याक्तिहरुको हितको लागि नगरपालिका जहिलेपनि तयार रहेको बताएका छन् । बुटवलउपमहानगरपालिकाको नयाँ बनेको भवन अपाङ्गता मैत्री नभएको भन्ने गुनासो समेत आएको भन्दै त्यसलाई केही परिमार्जन गरी सहजरुपमा अपाङ्गता भएका व्याक्तिहरु जानमिल्ने प्रकृतिको बनाउने समेत प्रतिवद्धता जनाए ।

उनले लिफ्ट जडान गरिएको कारण तल्लो भुई तलाबाट जान मिल्ने गरी परिकल्पना गरी डिजाईन गरिएको आफुले जानकारी पाए पनि त्यहा पार्कीङ्गको कारण सहज रुपमा ह्वीलचियर प्रयोगकर्ता सहित दृष्टिविहिन व्याक्तिहरु समेत जाने अवस्था नभएको कारण त्यसलाई परिमार्जन गरिने समेत बताएका हुन ।
सिआईएल काठमाण्डौको आयोजना र अपाङ्गता महिला संघ बुटवलको संमन्वय र अष्ट्रोलियन भोलिन्टर्सको आर्थिक सहयोगमा बुटवलमा भएको ‘स्थानीय तहका जनप्रतिनिधिहरुसंग स्थानीय तहमा अपाङ्गता समावेशी विकास’ विषयक अभिमुखिकरण तथा छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले अपाङ्गता भएका व्याक्तिहरुका समस्या समाधानको लागि आफुले जहिले पनि तयार रहेको बताए । उनले भने–‘आउनुहोस्, हामी छलफल गरेर, संवादबाट के कस्ता समस्या रहेछन्, ती समास्या समाधानका उपायहरुको विषयमा छलफल गरौ, त्यहाँबाट निस्कर्ष निस्कन्छ ।’
बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष शिव रानाले अपाङ्गताको समस्या समाधानको लागि नगरपालिका वडा स्तरबाट जहिले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष बल बहादुर पुनले अपाङ्गताको क्षेत्रमा विनियोजित बजेट सहज रुपमा सम्बन्धीत प्राप्तीको लागि पहल गर्ने बताएका थिए । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा अष्ट्रोलियन भोलिन्टर्सका प्रोग्राम म्यानेजर राजेन्द्र खड्का, सिआईएल काठमाण्डाका महासचिव गणेश केसी, जमुना सुवेदी लगायतले अपाङ्गता अधिकार, वर्गिकरण स्थानीय तहले गर्नुपर्ने कार्यको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य सावित्रा घिमिरे लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission