© २०२३
भैरहवा, फागुन ।- सिद्धार्थ उद्योग वाणिज्य संघमा हुन लागेको नयाँ नेतृत्वका लागि दुई वटा प्यानलको उम्मेदवारी दर्ता भएको छ ।
यहि फागुन २० गते हुने निर्वाचनका लागि ४६ जनाले मनोनयन गरेका छन् । जसमा अध्यक्षमा २ जना ठाकुर कुमार श्रेष्ठ र विजय पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् भने दुई पक्षको प्यानलले उम्मेदवारी दिएपछि संघमा चुनावी सरगर्मी बढेको छ ।
वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य र अरुण कुमार गोयन्का, वाणिज्य उपाध्यक्षमा गोबिन्द ज्ञवाली र रवि कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । कर्पोरेट उपाध्यक्षमा रोहीत कुमार अग्रवाल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता शिवप्रसाद गौँडेलले जानकारी दिए । त्यसैगरि उद्योग उपाध्यक्षमा हरि बहादुर थापा र दिलीप कान्दुले उम्मेदवारी दिएका छन् ।
महासचिव पदमा कृष्णप्रसाद घिमिरे र गोपाल भण्डारीले उम्मेदवारी दिएका छन् भने सचिवमा धर्मवीर शर्मा र मंगल भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा गंगा सागर अग्रहरी, कमल प्रसाद मरासीनि र गौरबलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । सह कोषाध्यक्षमा सञ्जय बेरीवाल निर्विरोध निर्वाचित भएका छन् ।
कर्पोरेट सदस्यमा विकास गोयन्का र अर्पीत अग्रवाल निर्विरोध निर्वाचित भएका छन् भने उद्योग महिला सदस्यमा पल्लवी न्यौपाने, वाणिज्य महिला सदस्यमा यमकला न्यौपाने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत वरिष्ठ अधिबक्ता शिव प्रसाद गौँडेलले जानकारी दिएका छन् ।