© २०२३
सुनवल, फागुन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले यस वर्ष तुरीया खोला बाट नदिजन्य पर्दाथ उत्खनन् गर्ने जिम्मा चिनियाँ ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सनलाई दिने भएको छ । आन्तरिक स्रोत वृद्धि गर्न भन्दै बोलपत्र आह्वान नगरी तुरीया खोला उत्खनन्को जिम्मा चिनियाँ कम्पनीलाई दिन लागिएको हो ।
बिहिवार सम्पन्न नगरसभामा नगर प्रमुख बिमला अर्यालले संघीय सरकारको मापदण्ड अनुसार नगरपालिकाले तुरीया खोला चिनियाँ ठेकेदार कम्पनीलाई दिने विशेष प्रस्ताव पेश गरेकि थिईन् । उक्त पस्ताव बहुमतले पारीत भएको नगर प्रमुख अर्यालले बताईन् । प्राविधिक कारणले खोला ठेक्का प्रक्रियामा केहि ढिलाई भएपनि सुनवल नगरपालिकाले अन्य पालिका भन्दा छिटो खोलाको व्यवस्थापन गरेको उनले बताईन् । नारायणगढ बुटवल सडक विस्तारको जिम्मा पाएको चाईना स्टेटलाई ठुलो परिमाणमा नदिजन्य पर्दाथ आवश्यक भएको र एकैपटक ठुलो रकम त्यसबाट नगरपालिकालाई आम्दानी पनि हुने भएकाले चाईना स्टेटलाई खोला जिम्मा दिन लागिएको नगर प्रमुख अर्यालले बताईन् ।
तर नगर प्रमुखको प्रस्ताव प्रति उपप्रमुख सुर्य दुवे सहित चार जना वडा अध्यक्षले असन्तुष्टि जनाएका छन् । उपप्रमुख दुवेले नियम नपुर्याई खोला ठेक्का लगाउने विषयमा आफ्नो सहमति नरहेको बताए । खोला टुक्राएर ठेक्का लगाएको विषय मलाई थाहा थिएन् दुवेले भने सबैले सबै खोलाको टेन्डर प्रक्रियामा भाग लिन पाउनुपर्छ । कानुन मिचेर, भावनमा बहकिएर हुने निर्णयमा आफ्नो सर्मथन नरहने भन्दै उपप्रमुख दुवेले असहमति जनाएका हुन् । विक्रि ऐन विपरितको कार्य गर्न खोजिएको भन्दै उनले टेन्डरनै आह्वान नगरी खोला दिने कुरा जनतालाई पनि पाच्य नहुने बताए । दुवे सहित सुनवल ११ का वडा अध्यक्ष कमल प्रसाद चुवाई, १२ का वडा अध्यक्ष ले विरोध गरेका हुन ।