ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली
सामजिक कथा

प्यारी दिलकुमारी

१२ फाल्गुन २०७९, शुक्रबार
१२ फाल्गुन २०७९, शुक्रबार

चन्द्रौटा(कपिलवस्तु),  फागुन ।- दिल कुमारी सुनार शारीरिकअशक्त भएकी एक महिला शिक्षक हुन् । सुनार कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–१, मधुनगरमा रहेको मधुनगर बाल विकास केन्द्रमा अध्यापन गराउने गर्छिन् । करिब ८ बर्षदेखि शिक्षण पेशा अंगालेको उनी बताउँछिन् ।
शिक्षकका सुनार एकाबिहानै उठेर घरको काम सकाउँछिन । घरदेखि केहि पर रहेको बालविकासमा विहान १० नबज्दै विद्यालय पुगी कक्षा कोठा सरसफाइ समेत आफै गर्ने गरेकी उनी बताउँछिन् । दिउसोभरि विद्यार्थीसँगै रमाएकी उनी साँझ घर पुगी घरमा भएका बाख्रालाई समेत हेरचाह गर्दै आएको सुनारले जनाइन् । विद्यालयमा बालबालिकालाई अध्ययनसँगसँगै नाचगान समेत सिकाउने गरेकी छन् ।
शारीरिक अशक्त भएर पनि आफूले विद्यार्थीलाई ज्ञान दिन पाएकोमा हर्ष व्यक्त गर्दै घरपरिवार लगायतले मनोबल उच्च बनाउन सघाएको बताइन् । यस शिक्षण पेशामा स्थानीय सरकारले समेत प्रभावकारी भुमिका निर्वाह गरेको उनको भनाइ छ । सुनारले भनिन् ः“शारीरिक अशक्तको मूल्यांकन गरि आत्मनिर्भरताको बाटो खुलेको छ ।“
बाल विकास केन्द्रमा हाल २५ विद्यार्थी रहेको जनाउँदै स्थानीय ४ गाउँका बालबालिका आउने गरेको सुनारले बताइन् । खेलकुद, अध्ययन सामग्री लगायत पुस्तकालय पालिकाले उपलब्ध गराएको उनले सुनाइन् ।
इन्द्रेणी ग्रामिण विकास केन्द्रले गरेको सहयोगको सुनारे जानकारी दिइन् । जसले थप आर्थिक रुपमा समृद्ध बनाउन बाख्रा पालनको लागि गरेको सहयोगले घरमा बाख्रा पालन गरेको उनले बताइन् । फुर्सदको समय बाख्रालाई समेत हेरचाह गर्ने गरेको सुनाइन् ।
श्रीमानको शारीरिक अवस्था पनि अशक्त रहेको बताउँदै सम्बन्धित निकायले अत्यन्तै राम्रो समन्वयकारी भूमिका खेलेको शिक्षिका सुनारले जिकिर गरिन् । जसले ६ जना छोराछोरीलाई पालनपोषण गर्न टेवा पुगेको जनाइन् । दिलकुमारी एउटा उदाहरण मात्र रहेको बताउँदै यस्ता अशक्त आम नागरिकले काम गरेर सम्मानपूर्वक बाच्न अरुले समेत सिक्नुपर्ने स्थानीय शम्भु वि.क.ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?