© २०२३
बुटवल फागुन- तिलोत्तमा नगरपालिका रुपन्देहीले बिद्यालयमा कक्षा ८ को परिक्षा शुल्क उठाए कानुन अनुसार कारबाही गर्ने जनाएको छ ।
नगरपालिकाले एक सुचना जारि गर्दै नगरले सबै परिक्षाको व्यवस्थापन गर्ने जानकारी गराउदै कुनै पनि बहानामा बिद्यालयबाट परिक्षा शुल्क उठाएको जानकारी पाउना साथ् नगरपालिकामा खबर तथा उजुरी गर्न अभिभावकहरुलाई आग्रह गरेको छ ।
नगरपालिका स्तरको एसईई मोडलमा परिक्षा गराउने र सोही अनुसार चेक जांच समेत गराउने संगै परिक्षा प्रश्न पत्र, उत्तर पुस्तिका समेत पठाउने गरि तयारी गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकाको नगर परिक्षा संचालन तथा व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार नगर भरी रहेका निजि तथा सामुदायिक बिद्यालामा कक्षा ८ को परिक्षा चैत्र ७ गते शुरु गरि १५ गते सक्ने समेत निर्णय गरेको छ ।