ट्रेंडिंग:

>> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान
शिक्षाका कुरा

ईन्द्रावतीहरु अब साइकलमा स्कुल…

१२ फाल्गुन २०७९, शुक्रबार
१२ फाल्गुन २०७९, शुक्रबार

कपिलवस्तु, फागुन- कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर २ भैसकुण्डा स्थित नेपाल राष्ट्रिय माविमा अध्ययनरत १२ छात्रालाई साईकल बितरण गरिएको छ । कतार च्यारिटीको स्पोन्सरसिपमा बालिका शिक्षालाई प्रबद्र्धन गर्ने उद्धेश्यका साथ लुम्बिनी एकिकृत बिकास संस्थाले छात्रालाई साईकल प्रदान गरेको हो । लिडो नेपाल अध्यक्ष तथा निर्वतमान साँसद अतहर कमाल, कतार च्यारिटी नेपालका कन्ट्री डाईरेक्टर मुहम्मद वकास, कार्यक्रम व्यवस्थापक ईरशाद अली शेख, मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमान र वडा नम्बर २ का अध्यक्ष मोहम्मद हुसेन लगायतले गरिब र जेहेन्दार छात्राहरुलाई साईकल हस्तान्तरण गरेका हुन ।
बिद्यालय र घरको दुरी टाढा हुदाँ बिद्यालय आउन समय लाग्ने गरेको भए पनि साईकल पाए सगै शिक्षा प्राप्तीमा सहजता आउने कक्षा ८ मा अध्ययनरत छात्रा ईन्द्रावती पासीले बताईन । छात्रालाई साईकल बितरण गरेर बालीकालाई शिक्षाका लागि प्रोत्साहित गरिएको वडा नम्बर २ का अध्यक्ष मोहम्मद हुसेनले बताए । बिद्यालय केन्द्रीत कार्यक्रम प्रभावकारी भएको र छात्रालाई शिक्षा लिनका लागी थप प्रोत्साहित गरेको बिद्यालय व्यवस्थापन समितीका महेन्द्र धोबीको भनाई थियो । छात्राहरुको शैक्षिक उपलब्धी बृद्धिका लागिसाईकल बितरणले सहयोग पुर्याउने गाउँपालिका अध्यक्ष वलिउद्धिन मुसलमानले बताए । पालिकाले समेत गरिब र जेहनदार बिद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।

बिद्यालय आवत जावतको समय बचत गराई शिक्षा आर्जनका लागि प्रयाप्त समय प्रदान गर्न साईकल बितरण गरिएको कतार च्यारिटीका कार्यक्रम व्यवस्थापक ईरशाद अली शेखले बताए । कतार च्यारिटीका कन्ट्री डाईरेक्टर मुहम्मद वकासले छात्रालाई सुरक्षा र सहजताका साथ शिक्षा आर्जनमा सहयोग पुर्याउन साईकल बितरण गरिएको बताए ।

कपिलवस्तु जिल्लामा ५ बर्ष यता कतार च्यारिटीले शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको कार्यक्रममा स्पोन्सरसिप गर्दै आएको जनाउदै पालिका तह सँगको समन्वयमा गरिएको कार्यक्रमले प्रभावकारीता बृद्धि भएको उनले बताए । वालिका शिक्षालाई प्रबद्र्धन गर्ने उद्धेश्यका साथ गाउँपालिका सँगको सहकार्यमा साईकल बितरण गरिएको र बालिकाको शिक्षा प्रबद्र्धनमा सहयोग पुग्ने लिडो नेपाल अध्यक्ष तथा निर्वतमान साँसद अतहर कमालको भनाई थियो । संस्थाले जिल्लामा बिगत १० बर्ष यता उपलब्धीमुलक रुपमा काम गरेको उनको भनाई थियो ।
यसै बिच कतार च्यारिटीको स्पोन्सरसिपमा लिडो नेपालको सञ्चालनमा गाउँपालिकाको वडा नम्बर ८ बिजुवामा १० जना र वडा नम्बर ५ बलुहवामा ११ जना गरि २१ किशोरीका लागी तिन महिने सिलाई कटाई तालिमको उदघाटन गरिएको छ । लिडो नेपाल र कतार च्यारिटीका प्रतिनिधी सगै गाउँपालिका तथा सम्बन्धित वडाका जनप्रतिनिधीहरुको उदघाटन कार्यक्रममा सहभागीता रहेको थियो । सो अवसरमा बोल्दै वडा नम्बर ८ का अध्यक्ष मुस्ताक अहमदले यस क्षेत्रलाई लक्षित गरि कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे ।

सिलाई कटाई तालिममा सहभागी किशोरीले सिप आर्जन गरे पछि आजआर्जनका गतिबिधीमा लाग्नेमा कार्यक्रम व्यवस्थापक ईरशाद अली शेख बिश्वास व्यक्त गरे । किशोरीका लागि तोकिएको समय भन्दा बढि तालिम सञ्चालन गरिएको जनाउदै सिप प्राप्ती पछि आत्मनिर्भर बन्न प्रेरित गरिने अध्यक्ष कमालले बताए । कार्यक्रममा लिडोका कार्यक्रम संयोजक रामनरेश चौधरी, लक्ष्मी चौरसिया लगायतले तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन संस्थाले गरेको पहल बारे जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?