© २०२३
बुटवल -उधोग बाणिजय संघ बुटवलले स्थापना ७० बष पुगेको अबसरमा आयोजना गरेको कार्यक्रम मा बोल्दै नेपाल सरकारका पुर्व गृहमन्न्री तथा नेपाली कांग्रेस का केन्द्रीय सदस्य बालकृष्ण खांण ले बुटवलमा उधोगी ब्यापारी कल कारखाना को सुरक्षा, ब्पापारीको सबलीकरणमा उधोग बाणिजय संघ को भुमिका महत्पूर्ण रहेको बताएका छन ।
बुटवल आफैमा हिरा भएको भन्दै उनले बुझनेका लागि हिरा भएकाले धेरैलाई बुझाउन र समेत बुझनु जरूरी रहेको बताए । केही ठुला बडालाई बुटवलको महत्व सम्झाउन बुझाउन नसकेका कारण बिभिन्न कालखण्मा बुटवलमाथी समस्या देखीने गरेको बताए । बुटबल लाई जिवन्त राख्न ब्यापारीक केन्द्रीका रूपमा राख्न बुटबलमा रहेका बुटबल उपमहानगरपालिका का बिभीन्नसंघ सस्थाहरू सन्जाल बनाएर नजिकका पालीकाहरूलाई भगेनी सम्बंध मार्फत जोडेर लैजानुपने बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रीय बिमानस्थल सिमा नजिक भएकाले केही हवाई रूटको समस्या देखीएको भन्दै नेता खाणँले भने –‘लुम्बिनी भ्रमण गन आएका बेला नेपालका तत्कालिनन प्रधानमन्त्री शेर बहादुर देउवाले पश्चिम नेपालको जनताले सेवा पाउने हुँदा नेपाललाई हवाई रुटको थप ब्यबथा गरिदिन भारतका प्रधानमंत्री नरेन्द्र मोदी संग छलफल भएको थियो । ’
उनले थपे–‘हाम्रा प्रबिधीक संग छलफल गरेर उचित निर्णय लिने सम्म कुरा भएको छ । ’ तेसपछी बनेको नयाँ सरकारले एयरपोर्ट सन्चालन बारे कुरा नहुँदा हवाई रुटको प्रकृया रोकिएको बताए ।
बुद्धको सम्मानमा गौतमबुद्धको नामबाट बिमान स्थल निर्माण भएकाले यसको सन्चालन गन सबै पक्ष लाग्नु पने बताए । लुम्बिनी प्रदेश प्रदेश सांसद जमुना ढकालले बुटवल बजार गुल्जार बनाउन सबै पक्ष लाग्नु पर्ने बताईन । उधोग बाणिजय संघले ब्यबसायी संग संगठन हरूलाई साथमा लिएर बुटबल बनाउन अगुवाई गनुपने बेला आएको भन्दै सांसद ढकालले महगो घर भाडाका कारण समेत ब्यबसायी मारमा पारेकाले यसमा समेत घरबेटीहरूले ध्यान दिनुपने बताईन ।
बुटवल उपमहानगरपालिका का प्रमुख खेलराज पाण्डेयले बुटवलमा शिक्षा स्वास्थ्य का पुर्वाधार निर्माण गर्न उधोग बाणिजय संघ बुटवलको भुमिका महत्पूर्ण रहेको बताए । नेपालकै गहनाको रूपमा रहेको महत्पूर्ण क्षेन्र जितगढी किल्लाको निर्माण कार्य नेपाली सेनाले गरिरहेको बताए । पुरानो पारी बुटवललाई नयाँ जिबन दिएर चलाएमान बनाउन बुटबल उपनगरपालिका लागीरहेको बताए । हतारमा राजधानी सारीएको भन्दै नगरप्रमुख पान्डेले भने ‘–बुटवलमा रहेको अस्थायी राजधानी राख्न बुटवल बासीले ठुलो योगदान दिए ।’
देशभरका ६ बटा अस्थायीराजधानी जहाँँ थिए तेही भए बुटबलको मान्र राजधानी सारिएको भन्दै उनले राजधानी सार्नेहरुलाई जनताले एक दिन कठघरामा उभ्याउने समेत चेतावनी दिए ।
नेपाल पन्रकार महासंघ रूपन्देही का अध्यक्ष रामराज प्रोखेलले बुटबल बजार बिस्तारै सुनसान हुँदैगएको बताए । मुख्य बजारका सटरहरू खाली हुनु राजधानी सर्नुको पनि कारण रहेको बताए । उनले भने–‘ मुख्य कारण रातारात राजधानी लैजानु र आथिर्क संकट नै मुख्य रहेको हो ।’ बुटबल बजारलाई चलायमान बनाउन सबै पक्ष लाग्नु पने उनको धारणा थियो ।
उधोग बाणिजय संघ का पुब अध्यक्ष जिवन वझा, सचिव मुक्ति अधिकारीले बुटबटलाई उज्यालो बुटवल बनाउन सबै पक्ष जुटेर अगाडी बढनु पर्ने बताएका थिए ।बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले बुटवल बजार पछिल्लो समयमा आर्थिक चपेटामा परेको भन्दै रात्रीकालिन बजार विस्तारमा समेत स्थानीय निकाय सहयोगी बन्नुपर्ने बताए ।उनले पछिल्लो विषम परिस्थीतिको कारण उद्योगी व्यवसायीहरुलाई स्थानीय तहले कर छुट तथा अन्य विषयमा सहजीकरण गर्नुपर्ने बताएका थिए ।
हालै सरूवा भएर आएका सुरक्षानिकायका प्रमुखहरूलाई सम्मान गरिएको थियो । उजिरसिंह माविलाई साउण्ड सिस्टम र ईलाका प्रहरी कार्यालय बुटबललाई ५ थान सि सि क्यामेरा समेत प्रदान गरिएको थियो ।