ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
स्वाथ्य खबर

हात्तीपाइले विरुद्धको अभियानः औषधी सेवनमा विश्वास गर्दैनन् शहरिया समेत

१० फाल्गुन २०७९, बुधबार
१० फाल्गुन २०७९, बुधबार

बुटवल, फागुन – प्रदेशका तीन जिल्लामा हात्तीपाइले विरुद्धको अभियान सफल हुन सकेको छैन् । औषधीको असरबारे गलत बुझाइले औषधी नखाइदिदा अभियान सफल हुन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँके र दाङमा ०६७ र कपिलवस्तुमा २०६३ सालदेखि हात्तीपाइले विरुद्धको औषधी सेवनको अभियान सुरु गरिएको थियो । ६ वर्षभित्रै रोग उन्मुलन गर्ने लक्ष्य राखिएको यी दुई जिल्लामा यो वर्ष १३ औं र कपिलवस्तुमा १५ औं पटक औषधी सेवन अभियान चल्दैछ ।
लक्षित जनसंख्याले औषधी नखाइदिँदा १६ वर्षसम्म हात्तीपाइले निवारणहुन नसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कतिपयले जानीजानी र कतिपयले औषधीको असरबारे गलत बुझाइले औषधी नखाइदिदा निवारणमा समस्या भइरहेको कार्यालयको भनाइ छ । लक्षित जनसंख्याको ८० प्रतिशतले औषधी नखाने गरेका छन् ।
स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार जिल्लामा हात्ती पाइले रोग विरुद्धको अभियान सुरु गर्दा संक्रमणको दर २९ प्रतिशत थियो । अहिले यो दर घटेर ४ प्रतशितमा झरेको छ । बाँकेमा हात्तीपाइले रोगको संक्रमणको दर ४ प्रतिशत र कपिलवस्तुमा ८ प्रतिशत छ । परीक्षणमा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएमा जोखिम नघटुन्जेलसम्म औषधि सेवन अभियान हरेक वर्ष चलाइन्छ  ।
एउटै वर्ष अभियान सुरु भएको बाँके र दाङ हात्ती पाइले रोग उन्मुलन गर्ने लक्ष्यको नजिक छन् । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले हात्ती पाइले विरुद्धका औषधी सेवन अभियानले पूर्णता नपाए पनि लक्षको नजिक भएको बताए । उनका अनुसार दाङमा सन् २००१ मा सर्वेक्षण गर्दा २९ प्रतिशत रहेको हात्ती पाइले रोगको दर अहिले ४ प्रतिशतमा झरेको छ । त्यस्तै बाँकेमा रोगको दर २१ बाट ४.१ प्रतिशतमा झरेको छ ।
दाङ, बाँके र कपिलवस्तुमा फागुन ११ देखि हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान सुरु हुँदैछ । यो वर्ष यी तीन जिल्लामा गरी साढे १९ लाख भन्दा बढीलाई औषधी खुवाइदैछ । दाङमा ६ लाख ८७ हजार, बाँकेमा ६ लाख १६ हजार र कपिलवस्तुमा साढे ६ लाख जनसंख्यालाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।
फागुन ११ गतेबाट सुरु हुने औषधी सेवन अभियानका लागि जिल्लाका स्थानीय तह मार्फत गाउँ–गाउँमा पुगनेर औषधी खुवाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका जनस्वास्थ्य अधिकृत उमेशचन्द्र घिमिरेले बताए । सुत्केरी र गर्भवती महिलाबाहेक २ वर्ष माथि पुगेका सबैले औषधि खान सक्छन । स्वास्थ्य कार्यालयका दाङका अनुसार पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्दछ । उक्त परजीवि करिब छ वर्षसम्म मानिसको शरीरमा सुशुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार ६ वर्ष नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?