Butwal Today
मुल खबर

बुटवल– पाल्पा सडक खण्ड दैनिक ८ घण्टा बन्द हुने

९ फाल्गुन २०७९, मंगलवार
अ+
अ-

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड अन्तर्गत दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गर्ने निर्णय गरेको हो । राजमार्ग बन्द गरी मर्मत संहारको काम हुने छ ।