ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना
खबर

कार्यसम्पादनमा शारदा पहिलो, पाँच स्थानीय तहले ५० अंक पनि पुर्याउन सकेनन

९ फाल्गुन २०७९, मंगलवार
९ फाल्गुन २०७९, मंगलवार

 सल्यान,  फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सल्यानका कुनै पनि स्थानीय तहले ७० अंक पाउन सकेनन् । जिल्लाका १० स्थानीय तह मध्ये एक स्थानीय तहले ४० अंक पनि ल्याउन सकेको छैन भने पांच स्थानिय तहले ५० अंक पुर्याउन सकेनन । चार स्थानिय तहले मात्र ५० अंक कटाएका छन् ।
संघीय सञ्चित कोषबाट स्थानीय तहमा वित्तीय समानीकरण अनुदान सिफारिसका लागि एकसय अंकभार दिएर वित्त आयोगले कार्यसम्पादन मूल्यांकन गर्दछ । यस अघिको कार्यकालमा कार्यसम्पादनमा राम्रो अंक ल्याउन नसकेको भन्दै चर्को आलोचना गर्ने जनप्रतिनिधिले नेतृत्व गरेको स्थानिय तहमा समेत उत्साहजनक नम्बर आउन सकेन ।
जिल्लाको बागचौर नगरपालिकाले ३९.०९ अंक मात्रै ल्याएको छ । बनगाड कुपिन्डे नगरपालिकाले ४५.१० र कपुरकोट गाउँपालिकाले ४६.२२ मात्रै अंक पाएको छ भने सिद्धकुमाख गाउँपालिकाले ४६.५३, छत्रेश्वरी गाउँपालिकाले ४७.७१ तथा कुमाख गाउँपालिकाले ४९.०३ अंक प्राप्त गरेका छन् ।
जिल्लामा सबैभन्दा बढी अंक शारदा नगरपालिकाले ६२.९२ अंक प्राप्त गरेको छ । यस्तै कालिमाटी गाउँपालिकाले ५१.८६, त्रीवेणी गाउँपालिकाले ५१.०८ र दार्मा गाउँपालिकाले ५०.६७ अंक प्राप्त गरेको छ । समयमा बजेट पेस गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्या लगायत सूचकलाई आयोगले मूल्यांकनको आधार बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?