© 2026
सुर्खेत।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबारदेखि ५ वटा खेल सञ्चालन भएका छन् ।
कर्णाली खेलकुद परिषद् उपाध्यक्ष प्रमोद हमालका अनुसार, क्रिकेटदेखि पौडीसम्मका खेलहरू सञ्चालन भइरहेका छन् । नेपालगञ्जमा पौडी, बर्दियामा टेनिस, प्रादेशिक रङ्गशालामा पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेट खेल वीरेन्द्रनगर रङ्गशालामा सञ्चालन भइरहेका छन् ।
पुरुष फुटबल खेलको सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले उद्घाटन गरेका छन् ।अहिले रंगशालामा फुटबल खेल सञ्चालन भइरहेको छ । त्यसैगरी महिला क्रिकेटको उद्घाटन मुख्यमन्त्री मंगलबहादुर शाहीले गरेका थिए ।
महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवनआर्मी क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । वीरेन्द्रनगर रंगशाला माभएको खेलमा टस जितेर फिल्डिङ रोजेको आर्मीले कोशी प्रदेशलाई ६५ रनमा आउट गरेको हो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रनको योगदान दिइन् । ३६ बल खेलेकी रुविनाले १ छक्का र ५ चौका प्रहार गरिन् ।