Butwal Today

ढुङ्गा प्रहार गरी साथीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

८ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

पाल्पा ।

तिनाउ गाउँपालिका–मस्यामका ३५ वर्षीय नारायण लम्तरीलाई आफ्नै साथीको हत्या गरेको अभियोगमा रैनादेवी छहराबाट प्रहरीले पक्राउ गरेको छ।

लम्तरीलाई तिनाउ गाउँपालिका–सिसुवाका ४५ वर्षीय नन्दलाल बजगाईंलाई ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सिसुवाका बजगाईंसँग सामान्य विवाद भएपछि लम्तरीले ढुङ्गा प्रहार गरी उनको हत्या गरेका थिए। सात गते दिउँसो हत्या गरी फरार भएका लम्तरीलाई सोही दिन साँझ छहराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका लम्तरीमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?