© २०२३
बाँके ५ फाल्गुन –
ग्यास सिलिन्डर बिस्फोटबाट जनधनकाे क्षतिका घटना बढ्न थालेपछि उद्योग अनुगमन र नियमनलाई कडाइसाथ लागू गर्न लागिएको छ ।
जिल्ला बजार अनुगमन समितिले शुक्रबार बाँकेमा रहेका मनकामना ग्यास उद्योग र भेरी ग्यास उद्योगको अनुगमन गरेकाे छ । अनुगमनका क्रममा मनकामना ग्यास उद्योगमा ग्यास लिकेज टेष्टिङ्ग मेशिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन र म्याद समाप्त भएका १ सय ६० ग्यास सिलिन्डर, बिग्रेका, कुच्चिएका र जोखिमयुक्त ५० वटा ग्यास सिलिन्डर र तत्काल म्याद सकिन लागेका करिब ५० वटा ग्यास सिलिन्डर बिक्रीवितरण नगर्न निर्देशन दिइएको वाणिज्य कार्यालयका सुचना अधिकारी देविलाल चौलागाईंले जानकारी दिए ।
उनका अनुसार, भेरी ग्यास उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार ग्यास सिलिन्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब २ हजार ५ सय वटा ग्यास सिलिन्डर र म्याद सकिन लागेका २ सय वटा ग्यास सिलिन्डरलाई बिक्रीवितरण नगर्न निर्देशन दिइएको छ ।