Butwal Today

लमहीमा अनलाइन जुवा र सट्टेबाजीको धन्दा

भारतीय नागरिकसहित पाँच जना पक्राउ
५ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

लमही ।

दाङको लमहीमा अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी टोलीले लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एन्ड लजको तेस्रो तलामा रहेको कोठा नम्बर २०३ मा छापा मारेर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पक्राउ पर्नेमा भारतको मध्यप्रदेशस्थित भोपालका २४ वर्षीय जसवन्त सिंह तोमर, २४ वर्षीय सत्यम राजपुत, २४ वर्षीय हर्ष सिंह उर्फ हर्ष उसरेटे र २७ वर्षीय राहुल चन्द रहेका छन्। त्यस्तै, पक्राउ पर्ने नेपाली नागरिकमा डोटीको दिपायल सिलगढी नगरपालिका–३ निवासी ३२ वर्षीय सागर राना रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट अनलाइन जुवा तथा सट्टेबाजीमा प्रयोग भएको आशंकामा ल्यापटप र विभिन्न मोबाइल फोनसमेत बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?