ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सिद्धबाबा श्रद्धालुका लागि ७ वटा निःशुल्क बस  

५ फाल्गुन २०७९, शुक्रबार
५ फाल्गुन २०७९, शुक्रबार

बुटवल फागुन – महाशिबरात्री पर्बको अवसरमा तिनाउ ३ पाल्पामा अवस्थित सिद्धबाबा मन्दिरमा बिशेष शिवपूजन हुने भएको छ । बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि शिबरात्रीको अवसरमा बिशेष पूजा अर्चनाको आयोजना गरिएको सिद्धबाबा मन्दिर  विकास समितिले जानकारी दिएको छ ।

मन्दिर बिकास विकास समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले महाशिबरात्री पर्बमा शिबपुजन,अखण्ड हरि कृतन ,रुद्राभिसेक पुजा र बिशेष पाठ गरिने जानकारी बताए ।

महाशिबरात्री पर्बमा सिद्धबाबा मन्दिरको अवलोकन गरि पुण्य कमाउन शेरचनले सबै श्रद्धालु भक्तजनहरुलाई अनुरोध गरे ।   यसपटक फागुन ६ गते शनिबार महाशिबरात्री परेकाले भक्तजनको संख्या बढ्न सक्ने आकलन गरिएकोले भक्तजनहरुलाई छिटो छरितो रुपमा पूजा अर्चना गराउने गरी तयारी गरिरहेका छौ ’–, शेरचनले भने ।

शिबरात्री पर्ब मनाउन पुग्ने दर्शनार्थीहरुको सुरक्षाका लागी सि सि क्यामेराको निगरानी,स्वास्थ शिबिर, सिद्धबाबा मन्दिर दर्शन गर्न जान चाहाने भक्तजनहरुका लागि नियमित रुपमा सञ्चालन हुदै आएको बुटवलको योगिकुटीबाट सिद्धबाबा मन्दिर सम्म मन्दिर समितिकै बस बिहान ५ बजे देखि संचालन हुने कार्यसमिति सदस्य तथा  शिबरात्री पर्वका संयोजक तोया लम्सालले बताए ।

शिबरात्रीका दिन रुपन्देहीका बिभिन्न पालिका र तिनाउ गाउपालिका गरि ७ ओटा बस दिनभरी ओहोर दोहोर गर्ने लम्सालले बताए ।

गतबर्षको शिबरात्रीमा ३० हजार भक्तजनले दर्शन गरेको बताउदै, यो बर्ष शनिबार परेकाले पनि करिब ६० हजार भक्तजन भित्रर्याउने गरि तयारी गरिएको समितिका उपाध्यक्ष अमर सिं प्रधानले बताए ।  पुजा सम्पन्न गर्न स्वयंसेवकको रुपमा बिभिन्न सात वटा संघसस्थासंग समन्वय गरिएको छ ।  भक्तजनको चाप अनुसार आवश्यकता अनुसार स्वयंसेवक खटिने र ब्यवस्थित गर्नेगरि तयारी गरिएको समितिले जनाएको छ ।

रुपन्देही आसपासमा रहेका भजन मण्डलीबाट भजन किर्तन र सोही रात जाग्राम सहितका बिशेष पूजाआजाको तयारी गरिएको सचिव अरबिन्द पाण्डेयले बताउनुभयो । शिबरात्रीपर्बमा पूजा सम्पन्न गर्न ३ लाख २ हजार खर्च अनुमान गरिएको छ ।

मन्दिरमा नेपालका करिब ७० जील्ला र भारतको गोरखपुरबाट ३० प्रतिशत सम्म भक्तजन आउने गरेकाछन्  । रूपन्देही र पाल्पाको सिमाना नजिकै पाल्पाको तिनाउ गाउँपालिकामा रहेको लुम्बिनी प्रदेशकै पशुपतिनाथका रुपमा परिचत सिद्धबाबा मन्दिरमा शिबरात्री पर्व, शनिबार,सोमबारमा बिशेष भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले शिबरात्री बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । महाशिवरात्री पर्ब आराध्यदेव भगवान शिवको शिवको पूजा–आराधना गरी फागुन ६ गते देशैभर मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?