Butwal Today

दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमा आदेश आउने

२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा भएको सुनुवाइ सकिएको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएको हो । अब केहीबेरमा अदालतबाट आदेश आँदैछ  ।

सरकारले गत १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

तिहार तथा छठ पर्वको बिदापछि मंगलबार अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आजको मिति तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?