Butwal Today

तिलोत्तमा साहित्य सङ्गमको २६औँ शृंखला सम्पन्न

३० कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

बुटवल । तिलोत्तमा साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा महाकवि देवकोटाको व्यक्तित्व र कृतित्व चर्चा सहित तिलोत्तमा साहित्य सङ्गमको २६औँ शृंखला सम्पन्न भएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरलाई जोड्दै कार्यक्रममा वरिष्ठ साहित्यकार डा. मुरारि पराजुलीले नेपाली साहित्यका विराट प्रतिभा, मूर्धन्य साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व र कृतित्वमाथी चर्चा गरेका थिए । संस्थाका महासचिव लीलाधर पाण्डेय, लक्ष्मण ज्ञवाली लीलाधर पाण्डेय, श्रीराम नेपाली, नारायण प्रसाद भण्डारी,डी.आर. न्यौपाने, ढालानन्द चालिसे, उद्धव देवकोटा लगायतका साहित्यकार हरूले आआफ्ना मौलिक रचना वाचन गरेका थिए ।

वाचित रचनाको समीक्षा गर्दै वरिष्ठ साहित्यकार डा. मुरारि पराजुलीले यस किसिमका साहित्यिक सङ्गम सर्जकहरूका लागि सिकाइको एकीकृत मञ्च बन्न सफल रहेको कुरा बताउँदै साहित्य सङ्गम सर्जकका सिर्जनालाई परिस्कृत बनाउने उत्कृष्ट माध्यम बनेकोमा खुसी ब्यक्त गरे ।

कार्यक्रममा आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष होमराज भुसालले संस्थाले गरिरहेका रचनात्मक कामहरूको प्रशंसा गर्दै साहित्य लेखनमा सहभागिता बढाउन आगामी दिनमा सिर्जनात्मक लेखनका कार्यशालाहरू पनि सञ्चालन गर्न संस्थालाई सुझाब दिनुभयो। कार्यक्रममा राष्ट्रिय सहकारी बैंक भैरहवा शाखाका प्रमुख ऋषिकेश ज्ञवाली तथा समाजसेवी भूमिश्वर ढकालको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?