Butwal Today

छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका चौधरीलाई नेपालगन्ज रेफर

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

लमही ।

राजपुरमा पेट्रोल छर्केर आगो लगाउँदा एकजना गम्भीर घाइते भएका रूपलाल चौधरीलाई नेपालगन्ज भेरी अस्पताल रिफर गरिएको छ ।

शनिबार राजपुर गाउँपालिका वडा नम्बर २ बलुवाडाँडा निवासी रूपलाल चौधरीमाथि पेट्रोल छर्केर आगो लगाइएको घटना सार्वजनिक भएपछि उपचारको लागि लमही अस्पताल पुर्‍याइएको हो ।

लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगन्ज भेरी अस्पताल रिफर गरिएको लमही अस्पतालले जनाएको छ । स्थानीय व्यक्तिले चौधरीको शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।

आगलागीबाट चौधरीको शरीर पूरै जलेको छ । घटनापछि चौधरीलाई तत्कालै उपचारका लागि लमही अस्पताल पुर्‍याइएको छ । घटनामा संलग्न राजपुर गाउँपालिका–२ बेलाको खाल गैरा खेलमैदानमा आपसी विवादका क्रममा आफ्नै छिमेकीमाथि पेट्रोल खन्याएर आगो लगाएको आरोपमा ३९ वर्षीय त्रिलोक सिंह कार्की प्रहरी नियन्त्रणमा परेका छन्। आगलागीबाट ४८ वर्षीय रुपलाल चौधरी ९गोमे० गम्भीर घाइते भएका हुन। फरार रहेका कार्कीलाई वडा प्रहरी कार्यालय लमहीको टोलीले लमहीबाट पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?