Butwal Today

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

वासिङ्टन ।

अमेरिकाले शुक्रबार रोकिएका हवाई उडान फेरि सुरु गरेको छ ।

अधिकारीहरूका अनुसार हवाई सेवा अवरुद्ध हुनुको मुख्य कारण पुराना प्राविधिक उपकरणमा आएको समस्या हो । यसको साइबर आक्रमण वा माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरोधसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ ।

यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिए । यद्यपि उडान सेवा पूर्ण रूपमा सामान्य हुन केही समय लाग्ने उनले बताए ।

डफीका अनुसार एयर ट्राफिक कन्ट्रोल प्रणालीका पुराना स्विच र राउटरमा अत्यधिक डाटा प्रवाह हुँदा उपकरणहरूले काम गर्न छाडेका थिए ।

घटनाभन्दा एक दिनअघि मात्रै अमेरिकी सरकारले हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि संसद्सँग ३० अर्ब अमेरिकी डलर बजेट माग गरेको थियो ।

यसैबीच, होमल्यान्ड सेक्युरिटीमन्त्री मार्कवेन मुलिनले घटनामा साइबर आक्रमण भएको कुनै प्रमाण नरहेको बताए । उनले माइक्रोसफ्टको सेवा अवरोधसँग पनि यसको सम्बन्ध नरहेको स्पष्ट पारे ।

यद्यपि सुरक्षा निकायहरूले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । अधिकारीहरूले हवाई यात्रा सुरक्षित रहेको पनि आश्वस्त पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?