Butwal Today

अवरुद्ध कालीगण्डकी करिडोर सडक सुचारु

२६ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

गुल्मी ।

दुई दिनदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक सुचारु बनेको छ । उक्त सडकखण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट बुधबार बेलुकी पुनः सुख्खा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय, स्थानीय कालीगण्डकी गाउँपालिका र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी सडकमा थुुपिएको चट्टान सहितको पहिरो पन्छाएसँगै सडक पूर्णरुपमा सञ्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कालीगण्डकी करिडोर सडक अवरुद्ध भएपछि प्रहरी चौकी पुर्तीघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा उक्त क्षेत्रमा प्रहरी टोली सडक सञ्चालनको सहजीकरणमा खटिएको थियो । सडक सञ्चालनमा आएसँगै तिहार मनाउनका लागि गाउँमा आएका र रुद्रवेणी‐पूर्तिघाट सडकखण्डमा रोकिएका सम्पूर्ण सवारी साधनहरु अहिले आआफ्नो गन्तव्यतिर लागिसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?