Butwal Today

नेता टोपबहादुर रायमाझी जेलमुक्त

२६ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी जेष्ठ नागरिकको सुविधामा जेलमुक्त भएका हुन्। उनलाई श्रीमतीको जिम्मामा रिहा गरिएको कारागार छ। ‘उनलाई श्रीमती र परिवारका केही सदस्यको जिम्मा लगाइएको छ।
उनी ६५ वर्ष पूरा भएका छन्। आफू जेष्ठ नागरिक भएको र सोही आधारमा कैद मुक्त हुनुपर्ने भन्दै रायमाझीले अदालतमा निवेदन दिएका थिए। निवेदनका आधारमा अदालतले उनलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्न संशोधित कैदीपुर्जी अदालतमा पठाएको थियो।

काठमाडौं जिल्ला अदालतले पनि कारागार कार्यालयमा पत्र पठाएर यसबारे जानकारी गराएको थियो। जेष्ठ नागरिकले तोकिएको कैद सजायमा २५ प्रतिशत छुट पाउने प्रावधान छ।

रायमाझी २० वैशाख २०८० मा पक्राउ परेका थिए। रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको थियो।

अदालतले पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो ।

ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, स‌ंगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा एकवर्ष ६ महिना कदै र १५ हजार जरिबाना र यही कसुरमा थप ६ महिना थप कैद गरिएको छ । यो सबै गर्दा उनले एकीकृत रुपमा ४ वर्ष कैद र ४० हजार जरिबाना हुने फैसला थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?