Butwal Today

कास्कीको दुण्डेफाँटमा जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते

२६ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

 

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका(२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्

घाँटीछिनाबाट पोखरा तर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए राति पौने १० बजेतिर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि जीएमसी हस्पिटल पुर्‍याइएक थियो ।

कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाका अमनुसार मृत्यु हुनेमा पर्वत घर भई हाल पोखरा महानगरपालिका(२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उपचारको क्रममा आज बिहान पौने ३ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

घाइते हुनेमा घाँटीछिनाका १५ वर्षीय विवेक बिक, चैनपुरका १६ वर्षीय विवस पराजुली, पोखरा(२३ का १४ वर्षीय अमित सुनार रहेका छन् ।

यसैगरी घाइते हुनेमा १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?