Butwal Today

असिनासहितको झरीले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल जलमग्न

२५ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

बुधबार दिउँसो परेको असिनासहितको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र पानी पसेर जलमग्न भएको छ ।

भारी वर्षासँगै छानोबाट पानी चुहिएर टर्मिनल भवनको भुइँमा पानी जम्दा विभिन्न गन्तव्यका लागि उडानको तयारीमा रहेका यात्रुहरू समस्यामा परेका छन् ।

विमानस्थलको आन्तरिक टर्मिनलभित्र रहेका विभिन्न वायुसेवा कम्पनीका चेकइन काउन्टर तथा बोर्डिङ पास लिइसकेका यात्रुहरूलाई आवतजावत गर्नसमेत कठिनाइ भएको छ । पानी जम्दा टर्मिनलभित्र यात्रुको आवागमन प्रभावित भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार छानोबाट पानी चुहिएर टर्मिनल भवनको भुइँ जलमग्न भएको हो ।

‘चेकइन काउन्टरबाट भित्र जाने भाग जलमग्न भएको छ,’ ती अधिकारीले भने, ‘जमेको पानी हटाउने र यात्रुलाई सहज रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइरहेका छौँ ।’

यसअघि गत वर्षको वर्षायाममा पनि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा पानी पसेर जलमग्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?