© 2026
काठमान्डौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
पोखराले यस सिजन पहिलो पटक डे म्याच खेल्न लागेको हो ।
आजको खेलका लागि पोखराले टोलीमा तीन परिवर्तन गरेको छ । सागर ढकाल, सुदीप अर्याल र सादिरा समरविक्रमाको स्थानमा सन्नी विक, विवेक राना मगर र धनञ्जय लक्षनले पहिलो रोजाइमा स्थान बनाएका छन् ।
यस्तै, कर्णालीले पनि टोलीमा दुई परिवर्तन गरेको छ । हुसेन तलतको स्थानमा जिशान आलम र युनिशविक्रम शाही ठकुरीको स्थानमा युवराज खत्रीले खेल्ने मौका पाएका छन् ।
लगातार चार खेलमा पराजित भएको पोखरा पहिलो जितको खोजीमा छ । अर्कोतर्फ, चार खेलमा दुई जित र दुई हार बेहोरेको कर्णाली तेस्रो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।