Butwal Today

सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

२२ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

चितवन ।

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १०:०० बजे पहिरो खसेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । उनले भने, “थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ ।” सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?