© २०२३
पाल्पा- सानो उमेर मै आफु खुसी वैवाहिक जिवनमा बाधिएको भन्ने आरोप खेपेकी तुल्सा न्यौपानेलाई आफन्तले आलोचना मात्र गरेनन , जन्म दिने बाबु आमाले समेत नराम्रोसंग मन दुखाए । पछि उनले काम नै गरेर देखाउने प्रतिवद्धता जनाइन । उनको कामले हिजो आलोचना गर्ने साथी टोल छिमेकका आफन्त आमा बाबुलाई अहिले पश्चातापको आगोले भतभती पोल्न लागेको छ ।
जन्म पुर्वखोला गाउपालिकाको पुर्वखोला मै भएको बताउने मेघराजसंग माया प्रेमलाई जिवनमा रुपान्तरण गरेकी तुल्सा हालको रामपुर नगरको खालीवनमा जन्मिएको भए पनि उनी यतीखेर नगर भित्रको उत्कृष्ठ कृषकका रुपमा स्थापित भए पछि मेहनतको फल राम्रो नै भएको न्यौपाने दम्पतीको अनुभव र बुझाई रहेको छ ।
उदबुद्ध मा.विमा अध्यन गर्दा गर्दै वैवाहिक जिवनमा बाधिए पछि चार वटा छोरा मध्यको कान्छो छोरा मेघराजलाई सानो उमेर मै पारिवारीक जिम्बेबारी बोझलाई स्विकार गर्दा आर्थिक बोझले च्याप्न थाले पछि गाउ बस्ती छाडेर नया बस्तीमा वैवाहिक जिवन बिताउने कल्पना गर्दा गर्दै आफुलाई भाग्य र कर्म संगै हिक्मत भएको श्रीमतीका कारण यो अवस्थामा आई पुगेको मेघराजको बुझाई रहेको छ ।
भाग्य र कर्म संगै आफनो जिवनको भविस्य खोज्दै रामपुर नगरको बहखोला नजिक समथर र खालि जमिन माथि न्यौपाने दम्पतीको राम्रै संग आखा बस्यो जहा इच्छा त्यहा उपाए भने जस्तै खालि जमिन भाडामा लिएर खन जोत गर्दा बगाएको पसिना कै कारण बाह्रै महिना मौसमी बेमौसमी तरकारी खेति गरी बजारमा आफनो उत्पादनले प्रवेस पाए सगै तुल्साको पहिचान सगै परिचय बदिलिन समय नै नलागेको उनीहरुको बुझाई रहेको छ ।
भाग्य छ भन्दैमा मात्र हुदैन कर्म गर्न पर्दछ । तरकारी खेतिको थालनी गर्दा बारीमा मल थिएन । कुखुराको मल राखेर पहिलो पटक लहरे खेति गरियो । पहिलो लटमा ३० हजार रुपैंया खर्च कटाएर बचत भयो त्यसैले नै आत्म बल सगै हिक्मत पनि बढायो । टोल टोलमा कृषि समुह गठन गर्ने चलन चलेको थियो । त्यही क्रममा समुहमा आवद्ध हुन खोज्दा साथीहरुले बिश्वास नै गरेनन त्यसले गर्दा निकै मन दुख्यो ।
तरकारी खेतिबाट राम्रै आम्दानी भएको थियो । फेरी थप आम्दानी गर्ने लोभ लाग्यो । २०७० साल तिर १ लाख ५० हजार खर्चिएर मेघराज सात समुद्र पार पुगी दैनिक २० घण्टा सम्म रगत र पसिना बगाउदा ३० हजार रुपैया भन्दा बढि कहिल्यै हात नपारेका मेघराजलाई तरकारी खेति छाडेर विदेशीएको मा पश्चातापले दिनमा भोक र रातमा निद नलागेको सुनाउछन । श्रीमान विदेश श्रीमतीले भाडामा जमिन लिएर खेति गर्दा विदेशमा रहेको श्रीमानको भन्दा गाउमा श्रीमतीको आम्दानी बढि नै हुन लाग्यो । टोल छिमेक हुदै नगर मै राम्रो कृषकका रुपमा आफु स्थापित भएको तुल्साको अनुभव रहेको छ । मेहनत गर्दा गर्दै उत्पादन राम्रै भयो । बजारको समस्या छैन र थिएन त्यस पछि रामपुर नगर सरकारको कृषिले समय अनुसार सगै आवस्यकता अनुसारको सहयोग सगैं अनुदानको कार्यक्रमले आफुलाई पनि सम्बोधन गरेकोमा खुसीको सिमा नै नभएको अनुभव सुनाउदै तुल्सा भन्दछिन । कृषकलाई उत्पादनमा आधारीत अनुदानको व्यवस्था स्थानिय सरकारले गर्नु पर्दछ ।
कृषि व्यवसायलाई नया पुस्ताले स्विाकार नगर्ने परिपाटी छ । कृषि नै आर्थिक बिकासको मेरुदण्ड हो । कृषि बाटै जिवन स्तरमा परिवर्तन ल्याउन सकिने आफु संग गतिलो अनुभव भएको बताउने तुल्सा भन्दछिन । वैदेसिक रोजगारीलाई सदाका लागि छाडेर पुन गाउ फर्किएर तरकारी खेतिमा फर्किएको र श्रीमान श्रीमतीको मेहनतका कारण वार्षिक रुपमा दस लाख रुपैया सम्म बचत गर्न सकिएको न्यौपाने दम्पतीको अनुभव र बुझाई रहेको छ ।
गाउ बस्तीको खेति योग्य जमिन बाझो राखेर रोजगारीको खोजी गर्ने प्रबृति पछिल्लो दशकमा बढेको छ । आफनो जन्म गाउ बस्ती छाडेर अवसरको खोजी गरेका मेघराज भन्दछन आफनै माटोमा सुन फलाउन सकिने रहेछ । श्रीमतीले समेत श्रीमानलाई वैदेशिक रोजगारीको राप र तापमा पठाउने प्रबृति छ । विदेशमा भन्दा आफनै खेत बारीमा राम्रो आम्दानी गर्न सकिने त्यसको आफु संग गतिलो उदाहरण भएको तुल्सा बताउछिन । तरकारी खेति बाट आर्र्जीत रकमले रामपुर नगर मै घर जग्गा जोड्ने तयारीमा लागेको न्यौपाने दम्पती बताउछिन ।