© 2026
चन्द्रौटा ।
नयाँ झोला र शैक्षिक सामग्री हातमा पर्दा कपिलवस्तुका एक ग्रामिण भेगका विद्यार्थीका अनुहारमा छुट्टै चमक देखिन्थ्यो । आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्री जुटाउन कठिनाइ भोगिरहेका बालबालिकाका लागि यो सहयोग पढाइप्रतिको उत्साह बढाउने अवसर बनेको छ ।
बुद्धभूमि नगरपालिका-२ गोरुसिंगेस्थित शिवशक्ति प्राथमिक विद्यालयका ३० जना विपन्न तथा जेहेन्दार विद्यार्थीले शैक्षिक सामग्री पाएका छन् । कस्मिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोरुसिंगेले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई मंगलबार शैक्षिक सामग्री वितरण गरेको हो । आर्थिक अवस्थाका कारण बालबालिकाको पढाइ प्रभावित नहोस् र उनीहरू नियमित विद्यालय आउन प्रोत्साहित गराउन सहयोग गरिएको सहकारीले जनाएको छ ।
सहकारीका अध्यक्ष सुमनकुमार प्रधान, निवर्तमान अध्यक्ष मुकुन्दप्रसाद पौडेल, उपाध्यक्ष कृष्णप्रसाद बेल्वासे, सचिव रामप्रसाद भुसाललगायत पदाधिकारी तथा विद्यालयका प्रधानाध्यापक जानका पन्थीले स्थानीय विद्यार्थीलाई सामग्री हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।