Butwal Today

आज र भोलीको राष्ट्रिय अभियान सफल पारौं

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

राष्ट्रिय भिटामिन ए तथाजुकाको औषधी खुवाउने कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथाखाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखा अन्तरगत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा कार्तिक १७ र १८ गते एकै साथ ६ देखि ५९ महिनाका शिशु तथा बालबालिकालाई रहेको छ ।

सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन ए संगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको यस कार्यक्रममाआफ्ना बालबालिकाहरूलाई अभियानमा नछुटाऔं । हरेक बर्ष बैशाख र कार्तिक महिनामा संचालनहुंदै आईरहेको यो महाअभियान चाडपर्वका कारण कार्तिक १७ र १८ गते देशैभरी एकैसाथखुबाउन परिपत्रगरिएको हो । यो अभियानलाई सवैले साथदिनु जरुरी छ । आफ्ना भविष्यका कर्णधार ६ महिनादेखि ५ बर्षसम्मको उमेर समूहका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ए को क्याप्सुल र जुकाको औषधीखुवाउननभुलौं ।

यो अभियानले बच्चालाई कमजोर हुनबाट बचाउँछ । लुलो लङ्गडोको साथै असक्त हुनबाट बचाउनुका साथै अरू रोगसंग लड्ने क्षमतापनि बढाउँछ । रतन्धो जस्तो घातक रोग हुनबाट समेत बचाउँछ । त्यसैले आफ्ना बालबालिकालाई निशुल्क रूपमाउपलब्धभएको यो औषधी सेबन गराउने कार्यमा सहभागी वनौं । भिटामिन ए को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागी हरेक सुचिकृत स्वास्थ्य स्ांस्थाहरूले सामुदायीक महिला स्वास्थ्य स्वयंसेबिकाहरूद्वारा बर्षको २ पटक कार्तिक र बैशाख महिनामा खुवाईन्छ ।

जसमा ६ देखि १२ महिनाका लागि आधा क्याप्सुल र १२ महिना पूरा भएदेखि ५ बर्ष सम्मका लागि एक क्याप्सुल खुवाउनु पर्दछ । साथै दादुरा, कडा कुपोषण, दिर्घ झाडापखाला र भिटामिन ए को कमीबाट हुने आँखा सम्बन्धि रोगहरूको लागि पनि स्वास्थ्य संस्थाहरूबाट भिटामिन ए को क्याप्सुलको व्यवस्था छ । त्यसैगरी शिशुलाई स्तनपानमार्फत भिटामिन ए को आपुर्ति गर्ने उद्देश्यले सुत्केरी महिलालाई शिशु जन्मेको ६ हप्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेबिकाबाट एक क्याप्सुल २,००००० आई.यु. भिटामिन ए खुवाईन्छ ।

परजीबी नियन्त्रण कार्यक्रम अन्र्तगत जन्मेदेखि १ बर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाईदैन भने १ बर्षदेखि ५ बर्षसम्मका बालबालिकालाई सामुदायीक महिला स्वास्थ्य स्वयंसेबिकामार्फत अर्धबार्षिक रूपमा कार्तिक र बैशाख महिनामा जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलिग्राम एक मात्रा खुवाउने गरिन्छ । बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत बिधालय जाने बालबालिकालाई अर्धबार्षिक रूपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधी अल्बेन्डाजोल ४०० मिलिग्राम एकमात्रा खुबाउने चलन छ र
सोही अनुसार सहभागी गराई खुबाउनु पर्दछ । ६ महिनादेखि २ बर्ष मुनिका बालबालिकाहरूलाई बहुसुक्ष्म पोषक तत्व (बालभिटा) बितरण गरिदैं छ भने ५ बर्ष मुनिका बालबालिकालाई पाखुराको नाप लिईदैछ । त्यसैले यो कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम भएको हुनाले यसलाई अभियानकै रूपमा संचालनमा ल्याईएको पाईन्छ ।
के हो त भिटामिन ए ः

ब्यक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी राम्रोसंग कार्य गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभै नहुने सुक्ष्म पोषकतत्वको रूपमा मानिने रासायनिक पदार्थलाई भिटामिन भनिन्छ । भिटामिन ए ले शरिरलाई विभिन्न किसिमका संक्रमणबाट रोकथाम गर्दछ । आँखालाई स्वस्थ्य राख्दछ । बालबालिकाको बृद्वि विकासमा महत्वपूर्ण सहायता गर्दछ । यो आमाको बिगौती दुध, सिङ्गो माछा, जनावरको दुध, हरिया सागपात, कर्कलो, जनाबरको कलेजो र किड्नी, अण्डा, पंहेलाफलफूल, तरकारी, फर्सी, मेवाआदीमा श्रोतको रूपमा पाईन्छ भने तयारी क्याप्सुलको रूपमा बिभिन्न मात्रामा सुरक्षित साथतयार पारिएको हुन्छ ।

यसरी नेपाल सरकारको कार्यक्रमलाई आ– आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अबधिका आधारमा अनिबार्य रूपमा गएर आ–आफ्ना बालबालिकालाई यस्ता प्राणघातक डरलाग्दा रोगबाट बचाउन औषधि सेवन गराउनु हरेक बाबाआमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ ।

तसर्थ कार्तिक १७ र १८ गते संचालित हुने भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भई भब्यताका साथ सफल पारौं । आ– आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔं । भिटामिन ए र जुकाको औषधि निशुल्क पाईन्छन् । यी दुबै सुरक्षित छन् । यी दुबै औषधिले जीवन रक्षा गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?