© 2026
सल्यान ।
सल्यानमा एक पुरुषको शव खोलामा फेला परेको छ । जिल्लाको दार्मा गाउँपालिका वडा नं ३ दोभान खोलामा स्थानीय ३२ वर्षीय भुवन चन्द मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार दार्मा गाउँपालिका, ४ गोवात निवासी चन्दको शव शनिवार बिहान खोलामा कोल्टे अवस्थामा फेला परेको हो । बिहान करिब ८ः३० बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दार्माबाट प्रहरी नायब निरीक्षक दीपक थापाको कमान्डमा तीन जना प्रहरी र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षक यामबहादुर मल्लको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।